लहान,माघ ६ गते । सिरहाको धनगढीमाई नगरपालिका ८ स्थित चुरे जंगल छेउबाट अबैध रुपमा ढुङ्गा गिट्टी उत्खन्न गरिरहेको अवस्थामा उत्खन्नमा प्रयोग भएको जेसीभी आज वडा कार्यालयले नियन्त्रणमा लिएको छ ।
धनगढीमाई नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष पुष्पलाल तामाङ्गको नेतृत्वमा पुगेको टोलीले अबैध रुपमा ढुङ्गा गिट्टी उत्खन्न गरिरहेको अवस्थामा जेसीभी नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको जेसीभी आवश्यक कार्वाहीका लागि इलाका प्रहरी कार्यालय धनगढीमा बुझाएको वडाअध्यक्ष तामाङ्गले बताउनुभयो । चुरेक्षेत्रबाट अबैध रुपमा गिट्टी तथा ढुङ्गा उत्खन्न तथा निकासी भईरहेको गुनासो पश्चात कडाई गरिएको वडाअध्यक्ष तामाङ्गले बताउनुभयो ।
गणेश साह सिरहा,माघ १५ गते । पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षक, विद्यार
काभ्रे, १४ माघ । बिगत लामो समयदेखि गुर्जाेको बिरुवा र गुर्जाेको चिया बाँडेर सामाजिक सेवामा सक्रिय आन्तरि
सिरहा,पुस २९ गते। सिरहा प्रहरीले स्रोत नखुलेको अवैध रकम सहित दुईजनालाई आज बुधबार अपरान्ह नियन्त्रणमा लिए
Copyright © 2021 - Purbanchalexpress.com All rights reserved