डाक्टरको लापरवाहीले सुत्केरी महिलाको मृत्यु

  • संतोष कुमार साह
  • प्रकाशित मिति: पुष 6, 2075
  • 4959 पटक पढिएको

लहान,पुस ६ गते । सिरहाको लहानमा चिकित्सको लापरवाहीका कारण एक सुत्केरीको मृत्यु भएको छ ।
पोलिक्लिनिकका डाक्टरको लापरवाहीको कारण महिलाको मृत्यु भएको भन्दै मृतकका आफन्त तथा स्थानीयवासीले सिरहाको लहानस्थित ओम गुरुकुल हेल्थ केयर प्रालि अगाडि विहिबार वेलुका देखी प्रदर्शन गरिरहेका छन ।
सिरहाको मिर्चैया नगरपालिका–११सितापुर निवासी २१ वर्र्षीया सञ्जु पासवानको मृत्यु भएको भन्दै मृतकका परिवारजन तथा स्थानीयवासीले लापरवाही गर्ने चिकित्सकमाथि कारवाहीको मागसहित प्रदर्शन गरिहेको छ ।
डाक्टरको लापरवाहीले नै मृत्यु भएको आरोप
सन्जु पासवानलाई व्यथाले चयापेपछि बुधबार दिउसो गोलवजार स्वास्थय चौकीमा चेकअपको लागी परिवार जनसहित पुगे । त्यहाका डाक्टर सल्लाह अन’सार ब’धबार लहान स्थित रहेको रामकुमार सारडा उमा प्रसाद मुरारका स्मारक अस्पताल लहा,सिरहामा दिउसो ४ बजे भर्ना गरियो ।त्यहा अस्पतालमा संलग्न चेकअपमा रहेका डाक्टर मेडिकल अधिकृत सरोज यादबका अनुसार ब्लेडपेसर हाई भएको थियो । उक्त विरामीलाई चेकअप गर्ने क्रममा ब्लेडपेसरहाईको नियन्त्रणको लागी ओषधि दिए र सुधार नभएपछि थप उपारको लागी विपि कोराईला धरान स्थित रेफर गरे उपचारमा संलग्न डाक्टर यादबले बताए ।

सेटिङ्गमा ओम गुरुकुल अस्पताल पुग्यो
लहान अस्पतालबाट परिवारजनले बाहिर लैजान तयारी गरेका बखत एक एम्बुलेन्स चालकले ओम गुरुकुल हेल्थ केयर प्रालिमा लैजान सल्लाह दिए र उनलनैे आफ्नै एम्बुलेन्समा सञ्जुलाई त्यहाँ ल्याएको मृतकका बुवा देबचन्द्र पासवानले बताए ।

अस्पतालमा भर्ना भएको केही समयपछि त्यहाँका चिकित्सकले सञ्जुलाई शल्यक्रिया गर्नुपर्ने जानकारी दिँदै शल्यक्रिया पछि बच्चा निकाल्न सफल भएका थिए ।

बच्चा जन्मेको केहीबेरपछि सञ्जुको स्वास्थ्य बिग्रिन थालेपछि चिकित्सकले रगत चढाउन पर्छ भन्दै मलाई सरकारी अस्पतालमा बल्डको लागी पठाए । विस्तारै÷विस्तारै सञ्जुको अवस्था झन्झन नाजुक बन्दै जान थालेपछि चिकित्सकको सलल्लाहमा उनलाई अक्सिजन लगाएर एम्ब’लेन्समा हालेर मलाई सरकारी अस्पताल अगाडीनै संलग्न डाक्टरहरु थप उपचारका लागि विराटनगर स्थित नोबेल अस्पताल लगदा मै उनको मृत्यु भइसकेको नोकेलका डाक्टरको भनाई उद्धिद गर्दै आफन्तले बताए ।
ओमगुरुकुलका संचालक फरार
मृतकका आफन्तले होहल्ला सहित प्रदर्शन गर्न थालेकाले उक्त हेल्थ केयरको सुरक्षाका लागि अहिले प्रहरी परिचालन गरिएको र त्यहाँका सञ्चालकका साथै सम्पूर्ण कर्मचारी सम्पर्क विहीन भएको र हाल उक्त अस्पताल बन्द रहेको छ ।
अस्पतालको रिनु फेल
जिल्ला जन स्वास्थ्य कार्यालय सिरहाबाट आर्थिक वर्ष २०७२।०७३मा दर्ता नं. १४७२२२मा बाट पक्रिया पुरा गरी ओम गुरुकुल हेल्थ केयर प्रा.लि. लहान ३ मा संचालमा रहेका थिए। हल जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाको रेकड अनुसार रिनु फेल छ । उक्त अस्पतालले सिएससि गर्न ईजाज्त न दिईएको जनस्वास्थ्य प्रमुख डा. नागेन्द्र यादबले बताए ।
हाल सम्म मुद्दा दर्ता नभएको
परिवारजनले क्षतिपूर्तिको माग राखी ओम गुरुकुल हेल्थ केयर प्रा.लि. अगाडी शब राखेर पर्दशन गरिहेको छ । ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी राजेश थापाका अनुसार हाल सम्म संचालक फरार रहेको र हामी सम्र्पक गर्न खोजिरहेको बताए ।
यता अस्पताल पक्षबाट मोटो रकम दिई यो केश मिलाउने तर्फ लागेको एक व्यक्तिले बताए । यता पिडित पक्ष क्षती पूर्ति तथा उपचारमा संलग्न डाक्टरको कारवाहीको माग गरिहेको छ । शब हेल्थ केयर प्रा.लि.अगाडी राखी पर्दशन गरिरहेको छ ।

 

 


सशस्त्र प्रहरी निरीक्षक कटवालको टोलिद्वारा १६ लाखभन्दा बढीको सुन बरामद

जनकपुरधाम। सशस्त्र प्रहरीले जनकपुरधाम ७ भमरपुरा चौकबाट १६ लाखभन्दा बढी मूल्य बराबरको सुन सहित एक जनालाई

अधिकांश गायक-गायिका तथा कलाकारलाई चिटिक्क बनाउँदै :जुरी ठाकुर’

नेपालमा चलेका कलाकारहरू हेयर डिजाइनका लागि कहाँ जान्छन् होला ? धेरैले अनुमान गर्लान्, ‘ठूला सुविध

गाउँ टोलमा समुदायिक भवन निर्माण अपरिहार्य: नेता बरबरिया

जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् धनुषा जिल्ला ईन्चार्ज श्रवण कुमार बरबरिया

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२