सिरहाको मिर्चैयामा महाविर झन्डा मेला महोत्सव समापन

  • गणेश कुमार ठाकुर
  • प्रकाशित मिति: मंसिर 18, 2075
  • 866 पटक पढिएको

गणेश कुमार ठाकुर
सिरहा, मंसिर १८ गते। सिरहाको मिर्चैयामा झन्डा मेला महोत्सबमा आयोजकद्धारा बिभिन्न क्षेत्रका ब्यक्तिहरु सम्मानित भएका छन् । मिर्चैया नगरपालिका वडा नम्बर ५ स्थित झन्डा टोलमा सम्पन्न श्री श्री १०८ श्री महाविर झण्डा मेला महोत्सवको सातौं दिन सोमबार आयोजकले मेलामा सहयोग गर्ने अन्नदाता, चन्दादाता, सहयोगी, नागरिकसमाज, बुद्धिजिबी, प्रशासन, संचारकर्मी लगायत बिभिन्न क्षेत्रका ब्यक्तिहरुलाई सम्मान गरेका छन् ।
मेला समितिका अअध्यक्ष राजेन्द्र साहको अध्यक्षता तथा मिर्चैया जेष्ठ नागरिक समाजका अध्यक्ष राधाकृष्ण साहको प्रमुख आतिथ्यमा भएको सम्मान कार्यक्रममा सहयोगी हातहरुलाई सम्मान गरिएको समितिका कोषाध्यक्ष रुकेश साहले बताए ।
मेलाको अन्तिम दिन मनोरंजनका लगि हेलो मधेश लाईभ कन्सर्ट कार्यक्रम अयोजना गरिएको थियो । जसमा चर्चित गायक राम मण्डल, भागवत मण्डल, सन्नु कुमार, कमला मण्डल जस्ता कालाकारहरुको रंगारंग प्रस्तुति रहेका थिए ।
संस्कृति संरक्षण सम्वद्धन तथा धर्मप्रतिको आस्था कायम राख्न र विश्व कल्याण गर्ने उदेश्यले मंसिर ११ गते देखि सुरु भएको मेला महोसबमा महाविरको झण्डा ६० फिट अग्लो निर्माण गरिएको थियो । मेला महोत्सवमा मनोरजंनका लागि सांस्कृतक कार्यक्रमको साथै झरनी, रामहिलोरा, सर्कस लगायतका खेलतमाशाको समेत आयोजना गरिएको थियो ।


शैक्षिक गुणस्तरीयताको लागि नगर शिक्षा सम्मेलन

गणेश साह सिरहा,माघ १५ गते । पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षक, विद्यार

कर हाकिमको गुर्जाे चिया खुवाउने अभियान

काभ्रे, १४ माघ । बिगत लामो समयदेखि गुर्जाेको बिरुवा र गुर्जाेको चिया बाँडेर सामाजिक सेवामा सक्रिय आन्तरि

स्रोत नखुलेको रकम सहित दुई युवक पक्राउ

सिरहा,पुस २९ गते। सिरहा प्रहरीले स्रोत नखुलेको अवैध रकम सहित दुईजनालाई आज बुधबार अपरान्ह नियन्त्रणमा लिए

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२