घुस लिदैं गर्दा जनकपुरमा एक शस्त्र प्रहरी रंगेहात पक्राउ

  • पूर्वान्चल एक्सप्रेस
  • प्रकाशित मिति: कार्तिक 6, 2075
  • 515 पटक पढिएको

जनकपुरधाम : जनकपुरधाम, ६ कात्तिक । तस्करबाट घुस लिदैं गर्दा जनकपुरमा एक शस्त्र प्रहरी रंगेहात पक्राउ परेका छन् । भारतीय बजारबाट अबैध रुपमा भित्रिने मालसमान ओसारपोसारमा सहज बनाई दिने भन्दै घुस लिइरहेको अवस्थामा जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत शसस्त्र प्रहरी सहायक हवलदार चन्देश्वर गिरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात नियन्त्रणमा लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबास, महोत्तरीका प्रकाश थापाको नेतृत्वको टोलीले गोप्य सूचनाको आधारमा नगद ११ हजार घुससहित जनकपुरको कदम चोकबाट नियन्त्रणमा लिएको हो ।

भारतीय बजारबाट घरायसी तथा किरानाका मालसमान धनुषा भित्र्याउनमा सहज बनाइदिने भन्दै ब्यापारीबाट घुस लिएको अख्तियार टोलीले जानकारी दिएको छ । स्थानीय सहरजमिन मुचुलकापछि गिरीलाई बर्दिबास लगिएको छ । गिरीमाथि थप अनुसन्धान सुरु गरिएको टोलीले बताएको छ ।

पछिल्लो समय भन्सार कर्मचारी तथा प्रहरी प्रशासनको सेटिङगमा भन्सार छली तथा तस्करी बढेको छ । तस्करहरुले भन्सार तथा प्रहरी प्रशासनलाई महिना महिनामा रकम तिरेर भारतीय बजारबाट अबैध रुपमा मालसमानहरु नेपाल भित्र्याउँदा सरकारको करोडौं राजश्व घाटा हुने गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासमा भन्सार कर्मचारी, नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा जिल्ला प्रशासन धनुषामा कार्यरत थुप्रै कर्मचारी विरुद्ध यस अघि पनि थुप्रै उजुरी परेको कार्यालयको तथ्यांक छ । 

 

 

 


सिरहामा सामाजिक दुरी पालना गराउन कडाई, बेवास्ता गर्नेलाई कारवाही

सिरहा,असार २४ गते । सिरहामा जिल्ला प्रशासन कार्यालय सिरहाले कोराना भाईरस कोभिड–१९ संक्रमण बढी नहुन दिन

सिरहामा माक्स नलगाउने ६४ जना पक्राउ

सिरहा,असार २३ गते । लकडाउनको नियम पालन नगर्ने ६४ जनालाई नेपाल प्रहरीले पक्राउ गरेका छन । विश्वब्यापी रूपम

सरिता गिरी समाजवादी पार्टीबाट निष्कासित, सांसद पद गयो

सिरहा,असार २३ गते । समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ । यससँगै गिरी सांसद प

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२