कल्याणपुर नगरपालिकाको बजेट ५३ करोड ९२ लाख सार्वजनिक

  • नरेशचन्द्र बरबरिया 
  • प्रकाशित मिति: आश्विन 19, 2075
  • 3544 पटक पढिएको

नरेशचन्द्र बरबरिया 
 
असोज १९ गते । कल्याणपुर नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ को नीति, योजना कार्यक्रम सहितको बजेट सार्वजनिक गरेको छ ।

कल्याणपुर नगरपालिकाले शुक्रवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको बजेटमा चालू आर्थिक वर्ष ५३ करोड ९२ लाख ६५ हजारको आयव्यय अनुमान गरेको छ । असोज १५ गते सम्पन्न नगरसभाले पारित गरेको बजेटमा प्रत्येक वडालाई समान रुपमा ‘विकास र कार्यक्रम’को लागि ८२÷८२ लाख रकम विनियोजन गरेको छ ।
‘शिक्षा, स्वास्थ्य, रोजगारी, विकास र सुशासन अभिवृद्धि सफा सुन्दर कल्याणपुरको दिगो समृद्धि’ नारा तय गर्दै नगरपालिकाले ‘एक वडा एक ठोस योजनाको लागि २५ लाख’ रकम विनियोजन गरेको मेयर सूर्यनाथ मण्डलले बताए ।

उपमेयर रोहिनी यादवले स्वागत मन्त्वय राखेको सार्वजनिकीकरणमा निमित्त प्रमुख प्रशासकीय अधिकृत बद्री नारायण यादवले नीति, योजना, कार्यक्रम सहितको बजेट प्रस्तुत गरेका थिए ।
सार्वजनिकीकरण कार्यक्रममा वडा अध्यक्षहरु दिपेन्द्र यादव, जयराम कामती, विशेश्वर मुखिया, अशोक कुमार मण्डल, दिलिप कुमार यादव,मोतिबुल राईन, राजेन्द्र साह र राजेश्वर यादव लगायतको उपस्थिती रहेको थियो ।

कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डलले नगरभित्रका युवाहरु पशुपालन र व्यवसायिक रुपमा कृषि खेतीमा आवद्ध भएमा सहयोग गर्ने बताएका छन् ।

नगरपालिकामा खेतीको उर्वर भूमि रहेकोले खेतीसँगै पशुपालनमा लाग्ने युवालाई मासिक प्रोत्साहन भक्ता स्वरुप १० हजारको सुविधा प्रदान गर्ने बताएका छन् । वैदेशिक रोजगारीमा युवाहरु आकर्षित भैरहेको अवस्थामा यस योजनाले युवाहरुलाई व्यवसायिक खेती र पशुपालनमा जोड्न वातावरण बन्ने मेयर मण्डलले विश्वास व्यक्त गरेको छ । उनले भने, ‘युवाहरुको वैदेशिक रोजगारीको मोह घटाउन आफ्नै गाउँठाउँमा व्यवसायिक खेतीपाती र पशुपालनमा जोड दिन यो योजना ल्याएको छु । यसमा लाग्ने युवालाई निरन्तरताको लागि प्रोत्साहन भक्ता मासिक दश हजारको प्रदान गछौं ।’

शिक्षा सुधारमा जोड
नगरभित्रका सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाको रणनीति लिदै अगाडी वढ्ने नीति लिईएको छ । सामुदायिक विद्यालयलाई अँग्रेजी माध्यमबाट पठनपाठनमा जोड दिदै प्रत्येक वडामा ‘एक नमूना विद्यालय’को रुपमा स्तोरोन्नती गर्ने योजना रहेको मेयर मण्डलले बताए । मेयर मण्डलले भने, ‘नगरभित्रका सामुदायिक विद्यालयहरुमा प्रविधी जडान गर्दैछु । जसले प्रविधिमैत्री शिक्षा नीतिलाई लागु गराउन मद्दत पुग्छ । समय बदलिएको छ र अब विना प्रविधी विश्व बजारमा प्रतिस्पर्धा गर्न सकिदैन ।’


सामर्थ्य नेपाल अभियानद्वारा चितवनको एक विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण

चितवन ,भाद्र ३१ गते । सामर्थ्य नेपाल अभियानद्वारा राष्ट्रिय बाल दिवसकाे अवसरमा चितवनको माडिमा शैक्षिक सा

उत्कर्षमा सिरहा कम्युनिष्टको संघर्ष

 राम रिझन यादव नेकपा (एमाले) र नेकपा (माआवादी केन्द्र) एकीकरण भएको करिव दुई वर्ष पुगिसक्दा पनि यसले एकीकृत

कृष्णनगर नगरपालिका खुला दिशा मुक्त क्षेत्र घोषणा

अजय मिश्र, कृष्णनगर, कपिलवस्तु भाद्र २९ कृष्णनगर नगरपालिका एक कार्यक्रमका बिच खुला दिशा मुक्त क्षेेत्र घ

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२