विवादमा तानिए कर्जन्हा नगरपालिका

  • पूर्वान्चल एक्सप्रेस
  • प्रकाशित मिति: जेठ 28, 2075
  • 2921 पटक पढिएको

 बगहामा केन्द्र संचालन हुदा कोठा बाहिरै बसेर कामकाज गर्न बाध्य

सिरहा,जेठ २८ गते । सिरहा जिल्लाको कर्जन्हा नगरपालिकामा दुई साता देखि केन्द्र विवादले कामकाज प्रभावित भएका छन् ।
आर्थिक मसान्त सकिन लाग्दा अहिले देशका सबै स्थानिय निकायहरुमा काम गर्ने गराउनेहरुको लर्को लाग्ने गरेको छ । तर, कर्जन्हा नगरपालिकामा केन्द्र विषयमा विवाद हुदा यस आर्थिक मसान्तको अधिकास रकम फ्रिज हुने सम्भावना लगभल सुनिश्चित भएको छ ।
गाउँमै सदरमुकाम आएपछि कर्जन्हा वासिन्दा विकासले तिब्रता लिने विश्वास गरेका थिए । त्यसै अनुसार कामकाज पनि अगाडि बढाएकै थिए । तर, बिचमै राजविराज उच्च अदालतमा केन्द्र कर्जन्हा बजारमा सारेको भन्दै ठाडो निवेदन परेपछि अदालतले निषेधाज्ञा जारी गरेपछि कामकाज अलपत्र परेको छ ।
सिरहा कर्जन्हा नगरपालिका वडा नं. १ वस्ने बागवहादुर दनुवार र कर्जन्हा न.पा. वडा नं. ३ वस्ने ओम प्रकाश महतोले राजविराजमा ठाडो निवेदन दिएपछि अदालतले निषेधाज्ञा जारी गर्दै नेपाल सरकारले राजपत्रमा उल्लेखित गरेको केन्द्र बाहेक अन्यत्र कहीकतै कामकाज नगर्न÷गराउन आदेश दिएपछि बगहा स्थित साविक गाविस भवनको तिन कोठे भवनमा नगरपालिकाको ११ शाखा र ३६ उपशाखा संचालन गर्न निकै कठिनाइ हुने भएको कर्जन्हाका नगर प्रमुख गंगा पासमान बताए ।
उहाँले भने, उच्च जातिय समुदायलाई दलित वर्गको नेतृत्व अपच भएकाले मलाई असफल पार्न यो खेल भएको छ ।
उच्च अदालत राजविराजमा केन्द्र कर्जन्हा सारेको निवेदन दिएको छ । यो गलत निवेदन हो । केन्द्र कर्जन्हामा सारिएकै छैन । कर्जन्हा नगरपालिका बनेपछि त्यसलाई संचालन गर्न तत्कालै थप भवनको आवश्यकता देखिएकाले कार्यपालिकाको बैठकमा पुर्ण वहुमतले निर्णय गरि २०७४/७५ आर्थिक मसान्त सम्मको लागि मात्र कर्जन्हामा घर भाडा लिइ दैनिक कामकाज संचालन गरेर जनतालाई सेवा पेर्याउने काम गरेको बताए ।
जनाताको दैनिकी कामकाजमा बाधा नपर्ने गरि कार्यपालिकाको सबैको सहमतीमा भवन खोजेर तत्कालका लागि मात्र भाडा लिएका बताए ।
विकास हुने समयमा विवाद भएपछि जनता र उपभोक्ता दुबै आक्रोस हुनु स्वभाविक हो तर, हामी यसलाई मिलाउन र कामकाजलाई समेत निरन्तरता दिन कर्जन्हा स्थितको भवनलाई अस्थायी मुकाम कायम गरी संचालन गर्ने सोच थियो तर, फेरी अदालतमा अपहेलना मुदा परेपछि अलपत्र परेको नगर प्रमुख पासमानले बताए ।
कर्जन्हा ११ स्थित रहेको तिन कोठे भवनमा नै केन्द्र संचालन गर्न अदालतको आदेश भए पछि राजपत्रमा उल्लेखित भएकै ठाँउमा केन्द्र संचालन गर्ने तर भवनको अभाबमा मात्र एक आर्थिक वर्षको लागी भाडामा लिई नगरकार्यपालिकाको कामकाज संचालनमा ल्याएको र यो सबै दलित गरिब नगर प्रमुखलाई असफल पार्ने चाल भएको नगर प्रमुख पासमानको भनाइ रहेको छ ।
अदालतको आदेश आइसकेपछि हामी वगहा स्थितकै तिन कोठे भवनमा केन्द्र संचालन गरेका छौ । ठाउँको अभाव भएपछि हामी चौरमै कुर्सी लगाएर काम गरि रहेका छौ । यहाँ काम गर्न निकै अपठ्यारो छ विद्युत वत्ती छैन कम्प्यूटर लगायतका अति आवश्यक वस्तुहरु पनि चलाउन कठिन भएपनि हामी कामकाज नरोकी निरन्तर रुपमा काम अगाडि बढाएको नगर प्रमुखको दावी रहेको छ ।
कर्जन्हा नगरपालिकाको विभिन्न स्थानहरुमा विगत ६ महिना यता हत्या र चोरी लगायतका विभिन्न घटनाहरु समेत देखिएकाले आम सर्वसधारण र कर्मचारीको सुरक्षा पनि अति आवश्यक भएको र भाडा लिएको भवन नजिकै प्रहरी चौकी, हाट बजार उच्च मा.वि. मानिसको आवतजावत समेत प्रचुुर रहेकाले अहिलेका लागि कर्जन्हा बजारमा लिएको भाडाकै कोठामा केन्द्र संचालन गर्नु उपयुक्त हुने नगर वासीहरुको भनाइ रहेको छ ।
यता कर्जन्हामा भाडामा संचालन केन्द्र बगहामा नै केन्द्र संचालन गरी कामकाज गर्नु पनर्मो स्थानीय युवाहरुको माग रहेका छन् ।

 


सिके राउतको पार्टीको नाम जनमत पार्टी राख्ने

सिरहा,चैत्र४ गते । सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको लहानमा सम्पन्न बैठकले पार्टीको नाम ‘जन

हरुवा चरुवा लक्षित योजना बनाउने जनप्रतिनिधिहरुको प्रतिबद्धता

राजविराज, चैत्र ३गते। हरवा चरवाहरुलाई लक्षित गरि योजना बनाउने सप्तरीको शम्भुनाथ नगरपालिकाका जनप्रतिनिध

घर जलेर बन्यो खरानि,दमकलमा पानी छैन

सिराहा,चैत ०३ गते ।सिराहाको बिष्णुपुर गाउँपालिका वडा नम्बर ३ मा आगलागि हुदा ३ घर जलेर नस्ट भएका छन । आगलाग

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२