डेंगु प्रभावित क्षेत्रका स्वास्थ्यकर्मीको समायोजन तत्काल नहुने

  • Rakesh Singh
  • प्रकाशित मिति: भदौ 26, 2076
  • 15 पटक पढिएको

काठमाडौं, भदौ २६ गते। डेंगु प्रभावित क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको समायोजन तत्कालका लागि कार्यान्वयन नहुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै तत्कालका लागि समायोजनको पत्र पाइसकेका स्वास्थ्यकर्मीहरुलाई समेत यथास्थानमा रहेर काम गर्न निर्देशन दिएको छ। मन्त्रालयले अर्को आदेश नहुँदासम्म यथास्थानमा रहेर कामकाज गर्न गराउन निर्देशन दिएको हो। मन्त्रालयले डेंगु प्रकोप फैलिएका क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई तत्कालका लागि प्रसूति बिदा, अध्ययन बिदा र किरिया बिदाबाहेक अन्य बिदा स्वीकृत नगर्न नगराउन समेत मातहतका निकायलाई निर्देशन दिएको छ। हालसम्म काठमाडौं लगायतका ४८ जिल्लामा डेंगुले माहामारीकै रूप लिएको छ। पछिल्लो तथ्यांकअनुसार स्वास्थ्य संस्थामा डेङ्गु रोग परीक्षण गराउन आउने बिरामीको सङ्ख्या अत्यधिक मात्रामा वृद्धि भइरहेको छ। वैशाख महिनायता करिब ७० हजारले सो रोगका बारेमा स्वास्थ्य परीक्षण गराएका थिए। तीमध्ये करीब पाँच हजार १०० मा डेङ्गु रोगको सङ्क्रमणबाट प्रभावित हुन पुगेका र छ जनाको मृत्यु समेत भइसकेको छ।


सामर्थ्य नेपाल अभियानद्वारा चितवनको एक विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण

चितवन ,भाद्र ३१ गते । सामर्थ्य नेपाल अभियानद्वारा राष्ट्रिय बाल दिवसकाे अवसरमा चितवनको माडिमा शैक्षिक सा

उत्कर्षमा सिरहा कम्युनिष्टको संघर्ष

 राम रिझन यादव नेकपा (एमाले) र नेकपा (माआवादी केन्द्र) एकीकरण भएको करिव दुई वर्ष पुगिसक्दा पनि यसले एकीकृत

कृष्णनगर नगरपालिका खुला दिशा मुक्त क्षेत्र घोषणा

अजय मिश्र, कृष्णनगर, कपिलवस्तु भाद्र २९ कृष्णनगर नगरपालिका एक कार्यक्रमका बिच खुला दिशा मुक्त क्षेेत्र घ

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२