मेडिकल कलेजमा आन्दोलनरत १५ विद्यार्थी पक्राउ

  • Rakesh Singh
  • प्रकाशित मिति: भदौ 26, 2076
  • 7 पटक पढिएको

चितवन, भदौ २६ गते। चितवन मेडिकल कलेजले चिकित्सा शिक्षामा सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थी आन्दोलनमा उत्रेका छन् । कलेजविरुद्ध १३ बुँदे माग राखेर आन्दोलनरत विद्यार्थीमध्ये बुधबार १५ जना गिरफ्तार भएका छन् ।

पक्राउ पर्नेमा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका नेता नेत्रविक्रम चन्दका छोरा प्रकाश चन्द पनि छन् ।

उनले चितवन मेडिकल कलेज ९सीएमसी० बाटै एमबीबीएसको पढाइ पूरा गरेर मेडिकल काउन्सिलको परीक्षा दिनुअघि सीएमसीको शिक्षण अस्पतालमै इन्टर्नसिपमा कार्यरत छन् । प्रकाशको अगुवाइमा नौ दिनदेखि चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालको गेट अगाडि दिनहुँ प्रदर्शन हुँदै आएको छ ।

विद्यार्थी बुधबार अस्पताल प्रशासनभित्रै छिर्ने तयारी गरेका कारण उनीहरूलाई नियन्त्रणमा लिनुपरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ९एसपी० दानबहादुर मल्ले बताए । प्रकाश चन्दसहित १५ विद्यार्थीलाई नियन्त्रणमा लिएको उनले जानकारी दिए । विद्यार्थी पक्राउ परे पनि अस्पताल मूल गेट अगाडिको धर्ना र प्रदर्शन जारी नै छ ।

के–के छन् विद्यार्थीका माग रु
चिकित्सा शिक्षा संघर्ष समितिका नामबाट कलेजलाई बुझाएको मागपत्रमा सातवटा बुँदा डेन्टल साइन्सको हकमा र ६ मुद्दा चिकित्सा शिक्षा अध्ययन सम्बन्धमा छन् । जसमध्ये पनि प्रमुख माग भनेको भर्ना शुल्क सरकारले तोकेअनुरूप लिनुपर्ने र बढी लिएको शुल्क एक महिनाभित्र फिर्ता गर्नुपर्ने रहेको छ । छात्रवृत्तिमा पढ्न आउने विद्यार्थीलाई कुनै पनि शुल्क लिन नपाउने उनीहरूको माग छ ।

सरकारले एमबीबीएस अध्ययन गर्दा साढे ४२ लाख रुपैयाँसम्म लिन पाउने भनेको छ । ‘तर हामीसँग कलेजले योभन्दा धेरै नै लिने गरेको छ,’ मेडिकल कलेज गेट अगाडि धर्नामा सहभागी हुँदै गरेका एमबीबीएस तेस्रो वर्षका विद्यार्थी रोबिन साहले भने । विरोध प्रदर्शनमा सहभागी विद्यार्थीका अनुसार तोकेको भन्दा १२ देखि २० लाख रुपैयाँसम्म बढी शुल्क कलेजले लिने गरेको छ ।

कलेज प्रशासनले भने विद्यार्थीको आरोप अस्वीकार गरेको छ । कलेजका सञ्चालक डा। हरिश न्यौपाने शिक्षण शुल्कभन्दा केही बढी शुल्क आफूहरूले लिएको स्वीकार गर्दछन् । ‘साढे ४२ लाख रुपैयाँ भनेको शिक्षण शुल्क मात्रै हो । त्यो शुल्कमा हामीले बढी लिएका छैनौं । तर परीक्षा शुल्कलगायतका केही खर्चहरू जोडेर थप रकम भने लिएका छौं । जुन पारदर्शी छ,’ डा। हरिशले भने ।

शिक्षण शुल्कभन्दा बढी लिने शुल्कका बारेमा सम्बन्धन दिने त्रिविलाई जानकारी गराएर पत्रपत्रिकामा सार्वजनिक सूचना नै निकालेको उनले बताए । ‘शिक्षण शुल्कभन्दा अरू केके शुल्क कति लिने भनेर हामीले पत्रपत्रिकामा नै सूचना निकालेर जानकारी दिएका थियौं,’ डा। हरिशले भने, ‘हामीले साढे ४२ लाखमा ६ लाखसम्म बढी लिएको छौं ।’

संसदीय समितिले बढी शुल्क लिएको भए फिर्ता गर्न भनेको र त्यो शुल्क आउँदो शैक्षिक सत्रमा मिलान गर्न तयार रहेको उनले बताए । त्यसैगरी, शुल्कको विषयमा राष्ट्रिय सतर्कता केन्द्रले पनि अनुगमन र अध्ययन गरेको हुँदा केन्द्रको प्रतिवेदन र सिफारिस पनि आफूहरूले मान्ने उनले बताए । ‘सरकारले जे निर्देशन दिन्छ त्यो मान्न हामी तयार नै छौं । यो आन्दोलन किन भइरहेको छ मलाई अचम्म लागेको छ,’ डा। हरिशले भने ।

मेडिकल कलेजको प्रशासनले बुधबार नै प्रेस विज्ञप्ति निकालेर विद्यार्थीले राखेका धेरै मागहरू सरकार र सरकारका अन्य निकायसँग सम्बन्धित रहेको बताएको छ । अस्पताल र कलेज प्रशासनसँग सम्बन्धित मागहरू वार्ता र छलफलबाट पूरा गर्न अस्पताल प्रशासन तयार रहेको विज्ञप्तिमा उल्लेख छ ।

तर आन्दोलन गरेर अस्पतालको सेवा प्रवाहमा बाधा हाल्ने, सञ्चालकलाई धम्की दिनेजस्ता गैरजिम्मेवार र गैरकानुनी काम भएको अस्पताल प्रशासनले जारी विज्ञप्तिमा जनाइएको छ ।


सामर्थ्य नेपाल अभियानद्वारा चितवनको एक विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण

चितवन ,भाद्र ३१ गते । सामर्थ्य नेपाल अभियानद्वारा राष्ट्रिय बाल दिवसकाे अवसरमा चितवनको माडिमा शैक्षिक सा

उत्कर्षमा सिरहा कम्युनिष्टको संघर्ष

 राम रिझन यादव नेकपा (एमाले) र नेकपा (माआवादी केन्द्र) एकीकरण भएको करिव दुई वर्ष पुगिसक्दा पनि यसले एकीकृत

कृष्णनगर नगरपालिका खुला दिशा मुक्त क्षेत्र घोषणा

अजय मिश्र, कृष्णनगर, कपिलवस्तु भाद्र २९ कृष्णनगर नगरपालिका एक कार्यक्रमका बिच खुला दिशा मुक्त क्षेेत्र घ

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२