प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग कुराकानी

  • Rakesh Singh
  • प्रकाशित मिति: भदौ 3, 2076
  • 46 पटक पढिएको

प्जम्मू–कश्मीरबाट धारा ३७० हटाइएपछि पहिलो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग कुराकानी भएको छ ।

कुराकानीमा मोदीले पाकिस्तान र इमरान खानको नाम नलिइकनै उनीमाथि तनाव फैलाएको आरोप लगाए ।

मोदीले क्षेत्रीय स्थितीबारे कुरा गर्दै भने, ‘केही नेता भारतविरुद्ध हिंस्रक भड्किलो बयानबाजी गरिरहेका छन् जुन इलाकाको शान्तिका लागि फाइदाजनक छैन ।’

मोदी र ट्रम्पबीच त्यस्तो बेला कुराकानी भएको छ जब हालै ह्वाइट हाउसले ट्रम्प र पाकिस्तानका प्रधानमन्त्री इमरान खानबीच कुराकानी भएको र त्यसमा ट्रम्पले उनलाई इस्लामाबाद र नयाँ दिल्लीसँग कुराकानी गर्न सल्लाह दिएको छ ।

शुक्रबार ह्वाइट हाउसको बयानपछि पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले पाकिस्तानी प्रधानमन्त्रीले कश्मीरमा भएको हालैका घटनाबारे आफ्नो चिन्ता र क्षेत्रीय शान्तिको खतराबाट अमेरिकी राष्ट्रपतिलाई अवगत गराएको जानकारी दिएका थिए ।

प्रधानमन्त्री कार्यालयले गर्यो ट्वीटः

प्रधानमन्त्री कार्यालयले सोमबार प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति ट्रम्पबीच टेलिफोनमा ३० मिनेट कुराकानी भएको जसमा द्वीपक्षीय र क्षेत्रीय मामलामाथि कुराकानी भएको जानकारी दियो ।

प्रधानमन्त्री कार्यालयले विभिन्न ट्वीट गरेको छ । जसमध्ये एकमा मोदीले ट्रम्पसँग जूनको अन्तिममा ओसाकामा भएको जी–२० सम्मेलनबारे पनि जानकारी दिँदै भारत र अमेरिकाका अर्थमन्त्री दुबै देशको लाभका लागि चाँडै नै भेट गर्ने आशा व्यक्त गरेको बताएको छ ।

साथै मोदीले आतंक र हिंसामुक्त वातावरणको महत्वमाथि पनि जोड दिएको बताइएको छ । साथै उनले कुनै अपावद बिना सीमाको आतंकवाद टाढै रहनुपर्ने पनि बताएको बताइन्छ ।


सामर्थ्य नेपाल अभियानद्वारा चितवनको एक विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण

चितवन ,भाद्र ३१ गते । सामर्थ्य नेपाल अभियानद्वारा राष्ट्रिय बाल दिवसकाे अवसरमा चितवनको माडिमा शैक्षिक सा

उत्कर्षमा सिरहा कम्युनिष्टको संघर्ष

 राम रिझन यादव नेकपा (एमाले) र नेकपा (माआवादी केन्द्र) एकीकरण भएको करिव दुई वर्ष पुगिसक्दा पनि यसले एकीकृत

कृष्णनगर नगरपालिका खुला दिशा मुक्त क्षेत्र घोषणा

अजय मिश्र, कृष्णनगर, कपिलवस्तु भाद्र २९ कृष्णनगर नगरपालिका एक कार्यक्रमका बिच खुला दिशा मुक्त क्षेेत्र घ

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२