मिर्चैयामा मानव बेच बिखन अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • गणेश कुमार शर्मा
  • प्रकाशित मिति: श्रावण 29, 2076
  • 45 पटक पढिएको

 गणेश कुमार शर्मा
सिरहा,श्रवाण २९ गते । सिरहा जिल्लाको मिर्चैयामा भएको मानव बेचबिखन तथा ओसारपसार समस्या एबं न्यूनिकारण सम्बन्धी ( अन्तरक्रिया कार्यक्रम) सम्पन्न भएको छ । सरकारले मानव बेचबिखन तथा ओसारपसार न्यूनिकारण गर्न पछिल्लो समयमा सक्रियता बढाएको छ । पछिल्लो समयमा गैरकानूनी रुपमा विभिन्न प्रलोभन देखाएर नेपाली महिला विदेशमा लगी बिचल्ली बनाउने गिरोहको सक्रियता बढेसँगै सरकारले नियन्त्रणका लागि सक्रियता बढाएको हो । जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमूख ( एसपी ) प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्वेदीले बताए । समाजमा अपराधका रुपमा रहेको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकले देशैभरि सक्रियता साथ काम गरिरहेको छ ।
मानव बेचबिखन न्यूनीकरणका लागि अभियान नै सञ्चालन गर्ने योजना बनाएको छ । मन्त्रालयकै सक्रियातामा गैरकानूनी रुपमा विदेश गएर बिचल्लीमा परेका महिलालाई सुरक्षित साथ स्वदेश फर्काउने कार्यलाई तीव्रता दिइएको छ ।
अशिक्षा, गरीबी, बेरोजगारीसँगै प्रविधिको विकासले पनि मानव बेचबिखन दिन प्रतिदिन बढ्दै गएको छ । आर्थिक र सामाजिक रुपमा बहिष्कृत, विद्यालयबाट बाहिर रहेका, अशिक्षित, अन्य व्यक्तिको साथ नपाएका (एकल), बसाइ स्थानान्तरण गरेका १८ वर्ष पुगेका किशोरी तथा महिलाहरु सबैभन्दा बढी बेचबिखनको जोखिममा छन् । महिला अधिकारकर्मी श्याम कुमारी साहले बताइन ।
साहको अनुसार मानव बेचबिखन तथा नियन्त्रण कार्यको मुख्य दायित्व सरकारको भए पनि सरकारको एक्लो प्रयासले मात्र सम्भव नहुने हुँदा सम्बन्धित सङ्घरसंस्था, निजी क्षेत्र, विकास र साझेदारहरु र नागरिक समाजले संयुक्त रुपमा पहल गर्नुपर्ने आवश्यकता देखिन्छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादव, बिशिष्ट अतिथिको रुपमा गोलबजार नगरपालिकाका मेयर देवनाथ साह, अतिथिको रुपमा मिर्चैया नगरपालिकाका प्रशासकीय अधिकृत राजेन्द पैडेल,मुक्ति नेपाल संस्थाका अध्यक्ष देव कुमारी महरा, मुक्ति नेपाल संस्थाका कार्यकारी निर्देश्क श्याम कुमारी साह, ईलका प्रहरी कार्यलय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) सुकदेब खनाल, इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक(इन्स्पेक्टर) दिनेश गौतम , मिर्चैया नगरपालिका र गोलबजार नगरपालिकाका वडा अध्यक्षहरु लगायत महिलाहरु, नागरिक समाज, पत्रकार, विभिन्न संस्थाका प्रतिनिधीहरु, स्थानीयबासी, ब्यापारी, होटल व्यवसाय, नागरिक समाज, बुद्धिजिवी, समाजसेवी लगायतका सहभागीता रहेका थिए ।

 

 


सेवाग्राहीलाई थप कामकाज सहजताका लागि शहिदनगरपालिका द्वारा कम्प्युटर र प्रिन्टर सहयोग

जनकपुरधाम,भदौ ३ गते । सहिदनगर नगरपालिकाका कान्छो मेयर उदय कुमार बरबरिया यादवले जिल्ला प्रशासन कार्यालयम

नेपालको साख निर्धारण गर्ने तयारी

देशको ‘रेटिङ’ नभएकाले विदेशी लगानी भित्राउन नसकिएको गुनासो उठिरहेका बेला सरकारले देशको साख निर्धारण

जंगली जनावर मार्न दिनुस वा व्यवस्थापन गर्न कृषकहरुको माग

सन्तोष कुमार साह सिरहा,भदौ १ गते । सिराहा जिल्लाको उत्तरी क्षेत्रका कृषकहरूले जंगली जनावर नीलगाईका कारण

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२