प्रहरी हिरासतमा रहेका दुई भारतीय थुनुवा फरार

  • Rakesh Singh
  • प्रकाशित मिति: श्रावण 28, 2076
  • 31 पटक पढिएको

भद्रपुर, साउन २८ गते। प्रहरी हिरासतमा रहेका दुई भारतीय थुनुवा सोमबार राती साढे १ बजे फरार भएका छन् । इलाका प्रहरी कार्यालय धुलाबारीको हिरासत कक्षको ताला फोडेर थुनुवा फरार भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

फरार हुनेमा भारतको दार्जिलिङ जिल्ला अल्छिया बजार बस्ने २६ वर्षीय गणेश कामती र सोही स्थानका २९ वर्षीय कृष्ण मण्डल रहेको जिल्ला डिएसपी महेन्द्रकुमा श्रेष्ठले जनाए । चोरीको आरोप लागेको विषयमा हिरासतमा राखेर प्रमाण जुटाउदै गरेको अवस्थामा फरार भएको उनले जनाए । डिउटीमा वसेको प्रहरी शौचालय गएको मौका पारेर उनिहरु भागेको उनको भनाइ छ ।

प्रहरीको निगरानी हुँदाहुँदै हिरासत कक्षकै ताला फोडी थुनुवा भागेपछि प्रहरीलाइ कडा कारबाही हुने उनले बताए । चोरेको मुद्दा सामान्य भएपनि थुनुवा भाग्नु गम्भिर भएकोले संलग्न प्रहरीमाथि प्रहरी कार्यालय झापाले घटनाको विषयमा अनुसन्धान सुरु गरेको उनले बताए । घट्नापछि दुवै भारतीय थुनुवाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

केहिदिन अघि लागू औषधसहित पक्राउ परेका इलामका २४ वर्षीय शङ्कर गजमेरलाई इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा राखि स्वास्थ्य परीक्षण गराउन अस्पताल लगिएको अवस्थामा त्यहीँबाटै फरार भएका थिए ।

त्यसैगरी एकबर्ष अघि साउन २७ गते कर्तव्य ज्यान मुद्दामा जन्म कैद भोग्दै आएका गौरादह नगरपालिका–८ का २४ वर्षीय उमेश माझी कारागारको पर्खाल नाघेर दिउँसै फरार भएका थिए । उनले तात्कालिन जुरोपानी गाविसकी अन्दाजी १४ वर्षिया बालिका करणी पश्चात हत्या गरेको अभियोगमा ०७१ असार ५ मा कारागार चलान भएका थिए ।


सेवाग्राहीलाई थप कामकाज सहजताका लागि शहिदनगरपालिका द्वारा कम्प्युटर र प्रिन्टर सहयोग

जनकपुरधाम,भदौ ३ गते । सहिदनगर नगरपालिकाका कान्छो मेयर उदय कुमार बरबरिया यादवले जिल्ला प्रशासन कार्यालयम

नेपालको साख निर्धारण गर्ने तयारी

देशको ‘रेटिङ’ नभएकाले विदेशी लगानी भित्राउन नसकिएको गुनासो उठिरहेका बेला सरकारले देशको साख निर्धारण

जंगली जनावर मार्न दिनुस वा व्यवस्थापन गर्न कृषकहरुको माग

सन्तोष कुमार साह सिरहा,भदौ १ गते । सिराहा जिल्लाको उत्तरी क्षेत्रका कृषकहरूले जंगली जनावर नीलगाईका कारण

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२