उत्तरवाहिनीमा बोलबमको चहलपहल बढ्दो

  • गणेश कुमार शर्मा
  • प्रकाशित मिति: श्रावण 20, 2076
  • 140 पटक पढिएको

गणेश कुमार शर्मा
सिरहा,श्रावण २० गते । हिन्दू धर्मावलम्बीहरूले शिवको महिमा गाउने महिना हो साउन । साउन चढेसँगै जताततै बोलबमको चहलपहल बढ्दो देखिएको छ । विशेष गरी साउनको हरेक सोमबार गेरुवस्त्र धारण गरी नदी तथा कुण्डमा गई स्नान गरी त्यहाँबाट ल्याएको जल गाईको दूध, बेलपत्र शिव मन्दिरमा चढाइन्छ ।
जलाशयबाट जल ल्याई “बोलबम” भन्दै यात्रा गर्दाको वातावरण बेग्लै देखिएको छ । हरेक सोमबार बोलबम यात्रा गर्नेहरुको ठूलो भीडले सिरहा जिल्लाको मिर्चैया समेत बोलबममय भएको छ ।
सिरहा जिल्लाकै एक प्रसिद्ध धार्मिक स्थलको रुपमा मानिने उत्तरवाहिनी बोलबम यात्रा गर्ने यात्रीहरुको बढ्दो चहलपहलले खास गरेर कर्जन्हा नगरपालिका बन्दीपूर चौकमा कावरियाहरुको भिड बढी देखिन्छ । सिरहाको कर्जन्हा नगरपालिका वडा नं. १ स्थित उत्तरवाहिनीमा वर्षे्नि बोलबम कार्यक्रमको आयोजना गरिदै आइएको छ । उत्तरवाहिनी स्थित कमला नदीमा कावरियाहरु स्नान गरी जल लिएर आफ्नो बोलबम यात्रा तय गर्छन् ।
बोलबम कार्यक्रम पछिल्ला वर्षमा संस्कृतिका रूपमा विकास हुँदै गएको छ । बोलबम यात्रामा युवायुवतीको आकर्षण पनि उत्तिकै छ । साउन महिनामा नेपालका विभिन्न ठाउँबाट भक्तजन उत्तरवाहिनी आउने गरेका छन् । पछिल्लोे समय विभिन्न ठाउँहरुबाट बोलबम यात्राका लागि उत्तरवाहिनी आउनेक्रम वृद्धि भएको छ ।

 


सेवाग्राहीलाई थप कामकाज सहजताका लागि शहिदनगरपालिका द्वारा कम्प्युटर र प्रिन्टर सहयोग

जनकपुरधाम,भदौ ३ गते । सहिदनगर नगरपालिकाका कान्छो मेयर उदय कुमार बरबरिया यादवले जिल्ला प्रशासन कार्यालयम

नेपालको साख निर्धारण गर्ने तयारी

देशको ‘रेटिङ’ नभएकाले विदेशी लगानी भित्राउन नसकिएको गुनासो उठिरहेका बेला सरकारले देशको साख निर्धारण

जंगली जनावर मार्न दिनुस वा व्यवस्थापन गर्न कृषकहरुको माग

सन्तोष कुमार साह सिरहा,भदौ १ गते । सिराहा जिल्लाको उत्तरी क्षेत्रका कृषकहरूले जंगली जनावर नीलगाईका कारण

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२