कुपही गाउँका तीन परिवार आगलागी, पीडितहरुलाई राहत वितरण

  • Rakesh Singh
  • प्रकाशित मिति: श्रावण 19, 2076
  • 84 पटक पढिएको

सप्तरी, साउन १९ गते। जिल्लाको छिन्नमस्ता गाउँपालिका ६ कुपही गाउँका तीन परिवार आगलागी पीडितहरुलाई राहत वितरण गरिएको छ। धर्मी हल्फा महिला विकास क्लव लालापट्टी सप्तरीले शनिबार गाउँमै पुगेर आगलागीपीडितहरु राधियादेवी मुखिया, रामप्रसाद मुखिया र सोनावतीदेवी मुखियाको परिवारलाई छुट्टाछुट्टै त्रिपाल, तन्ना, साडी, धोती, झुल, थाल, गिलास, कराही, डेकची, पन्यु र खाद्यान्न लगायतका राहत सामग्री वितरण गरेको हो। क्लवका अध्यक्ष तथा समाजसेवी इञ्जिनियर सूर्यनारायण यादवले पीडित परिवारलाई संस्थाको आफ्नै पहलमा राहत सामग्री वितरण गरिएको बताए। २०७६ साउन १२ गते अचानक आगलागी हुँदा तीन परिवारको दुई लाख रुपैयाँभन्दा बढीको धनमाल जलेर क्षति भएको थियो। राहत वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष सूर्य नारायण मण्डलसहित स्थानीय भद्रभलाद्मी, बुद्धिजीवीहरुको उपस्थिति थियो।


सेवाग्राहीलाई थप कामकाज सहजताका लागि शहिदनगरपालिका द्वारा कम्प्युटर र प्रिन्टर सहयोग

जनकपुरधाम,भदौ ३ गते । सहिदनगर नगरपालिकाका कान्छो मेयर उदय कुमार बरबरिया यादवले जिल्ला प्रशासन कार्यालयम

नेपालको साख निर्धारण गर्ने तयारी

देशको ‘रेटिङ’ नभएकाले विदेशी लगानी भित्राउन नसकिएको गुनासो उठिरहेका बेला सरकारले देशको साख निर्धारण

जंगली जनावर मार्न दिनुस वा व्यवस्थापन गर्न कृषकहरुको माग

सन्तोष कुमार साह सिरहा,भदौ १ गते । सिराहा जिल्लाको उत्तरी क्षेत्रका कृषकहरूले जंगली जनावर नीलगाईका कारण

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२