प्रदेश नम्बर २ मा दुर्घटनामा परी १२ सय ६९ जना घाइतेः ४ सय भन्दा बढीको मृत्यु

  • गणेश कुमार शर्मा
  • प्रकाशित मिति: श्रावण 18, 2076
  • 245 पटक पढिएको

गणेश कुमार शर्मा
सिरहा,श्रावण १८ गते । प्रदेश नम्बर २ मा दुर्घटनामा परी १२ सय ६९ जना घाइतेः ४ सय भन्दा बढीको मृत्यु भएको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर २ पथलैयाले चालु आर्थिक वर्ष ०७५÷७६ को श्रावण देखि आषाढ मसान्त सम्म १ वर्षमा १५ करोड ४२ हजार ५ सय राजस्व संकलन गरेको छ । सवारी चेक जाँचमा कडाइ गरेसँगै ओभर लोड भएका सवारी साधनहरुबाट एक वर्षमा १५ करोड ४२ हजार ५ सय राजस्व संकलन गरेको प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर २ पथलैयाका प्रमुख प्रहरी उपरीक्षक योग बहादुर पालले बताए ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर २ पथलैयाले श्रावण देखि आषाढ मसान्त सम्ममा १५ करोड ४२ हजार ५ सय राजस्व संकलन गरेका छन् । त्यैस मध्ये ट्रक ८४ हजार ४ सय ८९, बस १७ हजार २ सय २७, जीप कार २८ हजार ७ सय ५४, मोटरसाइकल ७४ हजार ८ सय ५४, ट्रयाक्टर १७ हजार ८ सय २२ र अन्य ७ हजार ८ सय ७३ गरी जम्मा २ लाख ३१ हजार १९ सवारीसाधन कार्वाहीमा गरेको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरीक्षक योग बहादुर पालले बताए ।
प्रदेश नम्बर २ मा दुर्घटनामा परी पूरुष ३ सय ५१ जना,महिला ७८ जना बालक ४२ जना बालिका २५ जना जम्मा ४ सय ९६ जनाको मृत्यु भएका छन् । भने गम्भिर घाइते ६ सय ५६ जना,समान्य घाइते ६ सय १३ जना गरी जम्मा १ हजार २ सय ६९ जना घाइते भएका छन् ।

प्रदेश ट्राफिक कार्यालय प्रदेश नम्बर २ पथलैया र मातहतका ट्राफिक प्रहरीहरुले विशेष सवारी चेक–जाँच अभियान नैं सञ्चालन गरेर कारवाहि गर्न थालेको प्रदेश ट्राफिक कार्यालय प्रदेश नम्बर २ पथलैयाका प्रमुख ट्राफिक प्रहरी उपरिक्षक योग बहादुर पालले जानकारी दिए ।

कुन जिल्लामा कति जनाको मृत्यु

धनुषा ः– जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषले श्रावण देखि आषाढ मसान्त सम्ममा दुर्घटनामा परी ६४ जनाले मृत्यु भएका छन् । जसमा पूरुष ४५ जना,महिला ८ जना बालक १० जना बालिका १ जना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
महोत्तरी ः– जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीले श्रावण देखि आषाढ मसान्त सम्ममा दुर्घटनामा परी ४६ जनाले मृत्यु भएका छन् । जसमा पूरुष २७ जना,महिला १० जना बालक ६ जना बालिका ३ जना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
सर्लाही ः– जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले श्रावण देखि आषाढ मसान्त सम्ममा दुर्घटनामा परी ७४ जनाले मृत्यु भएका छन् । जसमा पूरुष ४७ जना,महिला ८ जना बालक १२ जना बालिका ७ जना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
रौतहट ः– जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले श्रावण देखि आषाढ मसान्त सम्ममा दुर्घटनामा परी ६४ जनाले मृत्यु भएका छन् । जसमा पूरुष ४९ जना,महिला ७ जना बालक ४ जना बालिका ४ जना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
बारा ः– जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले श्रावण देखि आषाढ मसान्त सम्ममा दुर्घटनामा परी ६६ जनाले मृत्यु भएका छन् । जसमा पूरुष ४७ जना,महिला १२ जना बालक ४ जना बालिका ३ जना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले जनाएको छ ।

सप्तरीः– जिल्ला ट्राफिक प्रहरी कार्यालय सप्तरीले श्रावण देखि आषाढ मसान्त सम्ममा दुर्घटनामा परी ६९ जनाले मृत्यु भएका छन् । जसमा पूरुष ४८ जना,महिला १७ जना बालक ३ जना बालिका १ जना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सिरहाः– जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले श्रावण देखि आषाढ मसान्त सम्ममा १४९ बटा सबारीसाधन दुर्घटना भएका छन् । दुर्घटनामा परी ८७ जनाले मृत्यु भएका छन् । जसमा पूरुष ७० जना,महिला १२ जना बालक २ जना बालिका ३ जना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रहरी नायव निरिक्षक मनोज कुमार चौधरीले बताए ।

पर्सा ः– जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले श्रावण देखि आषाढ मसान्त सम्ममा दुर्घटनामा परी २६ जनाले मृत्यु भएका छन् । जसमा पूरुष १८ जना,महिला ४ जना बालक १ जना बालिका ३ जना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ ।


त्यसै गरि गत ३ वर्ष मा विवारण

आर्थिक बर्ष २०७२÷०७३ मा ३ सय १४ जनाको मृत्यु भएका थिए । ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर २ पथलैयाले चालु आर्थिक वर्ष ०७२÷०७३ को श्रावण देखि आषाढ मसान्त सम्म १ वर्षमा ९ करोड १८ लाख ७१ हजार ५ सय राजस्व संकलन गरेको छ । त्यसैगरी आर्थिक बर्ष २०७३÷०७४ मा ४ सय ६ जनाको मृत्यु भएका थिए । ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर २ पथलैयाले चालु आर्थिक वर्ष ०७३÷०७४ को श्रावण देखि आषाढ मसान्त सम्ममा १५ करोड ९४ लाख २२ हजार राजस्व संकलन गरेको छ ।

गत आर्थिक बर्ष २०७४÷०७५ मा ३ सय ९४ जनाको मृत्यु भएका थिए । ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर २ पथलैयाले चालु आर्थिक वर्ष ०७४÷०७५ को श्रावण देखि आषाढ मसान्त सम्ममा १४ करोड ८३ लाख ६२ हजार राजस्व संकलन गरेको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरीक्षक योग बहादुर पालले बताए ।

 

 


सेवाग्राहीलाई थप कामकाज सहजताका लागि शहिदनगरपालिका द्वारा कम्प्युटर र प्रिन्टर सहयोग

जनकपुरधाम,भदौ ३ गते । सहिदनगर नगरपालिकाका कान्छो मेयर उदय कुमार बरबरिया यादवले जिल्ला प्रशासन कार्यालयम

नेपालको साख निर्धारण गर्ने तयारी

देशको ‘रेटिङ’ नभएकाले विदेशी लगानी भित्राउन नसकिएको गुनासो उठिरहेका बेला सरकारले देशको साख निर्धारण

जंगली जनावर मार्न दिनुस वा व्यवस्थापन गर्न कृषकहरुको माग

सन्तोष कुमार साह सिरहा,भदौ १ गते । सिराहा जिल्लाको उत्तरी क्षेत्रका कृषकहरूले जंगली जनावर नीलगाईका कारण

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२