लहान नापी कार्यालय पहिलो पल्ट डिजिटलमा परिवर्तन: रविन सिंह

  • Rakesh Singh
  • प्रकाशित मिति: श्रावण 17, 2076
  • 217 पटक पढिएको

लहान, साउन १्र७ गते। सिरहा २ ओटा नापी कार्यालय भएपनि लहान नापी कार्यालय पहिलो पल्ट डिजिटलमा परिवर्तन गरेको छ । नापी कार्यालय लहानमा कर्मचारीहरु तोकिएको भन्दा बढी समय काम गर्न थालेको छ । बिहान ७ देखि ९ वजे सम्म कार्यालय भित्र कर्मचारीहरुलाई नापी कार्यालय प्रमुख ई।रविन सिंहको पहलमा यसै कार्यालयमा कार्यरत कर्मचारीलाई कम्प्युटर प्रविधि वाट कित्ताकाट तालिममा दिएको छ ।
पहिले पहिले भुमफिया, जग्गा कारोवारी, लिखनदासहरुले आफै कार्यालयमा पसेर मनपरी काम गर्थे, त्यस कारणले ५० प्रतिसत नक्सा हराएको कारण दिनहु सर्वसाधारण समयमा काम गर्ने अति गाह्रो भएको थिए तर म आएपछि भुमफिया, जग्गा कारोवारी, लिखनदासहरुले कार्यालयमा पसन रोक लगाएको छु र सम्पूर्ण नक्सा डिजिटल कम्पुटर प्रविधि वाट नै दिएपछि नक्सा वाट दिनहु राजश्व २० हजार भन्दा वढी आउन थालेको प्रमुख सिंहले वताए ।
पहिलेका कार्यालय प्रमुखले कार्यालयमा अधिकान्स समय दिईरहेको थिएन, सर्वसधारन नक्सा लिन पैसा नतिरी नहुने व्रहम लुट मचाएको थियो । तर म आएपछि सवभन्दा बढी नक्सा समस्या देखेपछि कम्प्युटर हरेक नक्सा राख्न लगाएपछि व्रहम लुट हटाएको छु र सर्वसाधारणको गुनासो सजिलै राखने व्यवस्था मिलाएको छु । अहिले ५०० देखि ८०० सम्मको नक्सा कम्प्युटर वाट नै दिरहेको छ र हामिलाई पनि सजिलो भएको छ ।
तोकिएको जिम्मेवारी कार्यालय समय भित्र सम्पादन गर्न ‘कर्मचारीको चरम अभाव रहेपनि कर्मचारीहरुले नै व्यवस्थित रुपमा काम गर्न थालेपछि सेवाग्राहीहरुलाई सहज भएकोछ’ उनले भने ।
पहिला पहिला मुद्दा र विवादित जग्गाको कित्ताकाट गर्न समय लागथ्यो तर अहिले डिजिटल प्रविधि भएपछि सजिलो, समयमै काम हुन थालेको छ ।
श्रेस्ताको व्यान्डिग गर्न ५० देखि ७० हजार रकम आउछ तर विगतको ५ वर्षदेखि व्यान्डिग गरेको थिएन तर म आएपछि सवै श्रेस्ताहरुलाई व्यान्डिग गराएको छु ।
विगतको दिनमा नापि कार्यालय जे भएपनि अव सेवाग्राहीहरुलाई बिचौलियाबाट जोगाउनको लगि व्लु प्रिन्ट कम्पियुटर प्रिन्ट मार्फत सेवा शुचारु गरिसकेको र ट्रेस नक्सालाई पनि निरुत्साहित गरिएको छ । फिल्डवुकको प्रतिलिपि कम्पियुटर वाटै दिन शुरु गरेको छ । साविक सिसवनी र ढोढना गाउँव्लकका पुर्जा वितरण यहि साउन महिना भित्र गरिने छ ।
नापि कार्यालय आफ्नै भवन वनाउन वजेट अएपनि भवन वनाउन लामो समय लाग्नुको कारण् भाडाको अर्को भवन खोजि वा नयाँ भवनमा सार्न साथ सम्पूर्ण कामकाज कम्प्युटर सिष्टम र सि।सि। क्यामरा जडान गरि कार्यालय भित्रको हरेक गतिविधि निगरानी गर्ने लक्ष्य राखेको छु ।
सिंहले थपे पहिला पहिला सर्वसधारनलाई वैकिंग कार्य गर्न स्वम आउथे र हतार हतार गर्थे तर अव सेवाग्राहीलाई सास्ती भोग्नु परेको छैन भन्ने जानकारी इ। रविन्द्र सिंहले दिए ।


सेवाग्राहीलाई थप कामकाज सहजताका लागि शहिदनगरपालिका द्वारा कम्प्युटर र प्रिन्टर सहयोग

जनकपुरधाम,भदौ ३ गते । सहिदनगर नगरपालिकाका कान्छो मेयर उदय कुमार बरबरिया यादवले जिल्ला प्रशासन कार्यालयम

नेपालको साख निर्धारण गर्ने तयारी

देशको ‘रेटिङ’ नभएकाले विदेशी लगानी भित्राउन नसकिएको गुनासो उठिरहेका बेला सरकारले देशको साख निर्धारण

जंगली जनावर मार्न दिनुस वा व्यवस्थापन गर्न कृषकहरुको माग

सन्तोष कुमार साह सिरहा,भदौ १ गते । सिराहा जिल्लाको उत्तरी क्षेत्रका कृषकहरूले जंगली जनावर नीलगाईका कारण

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२