नाइजेरियाले दक्षिण अफ्रिकालाई २–१ गोलले हराउँदै सेमिफाइनलमा

  • Rakesh Singh
  • प्रकाशित मिति: असार 26, 2076
  • 55 पटक पढिएको

बुधबार राति भएको खेलमा नाइजेरियाले दक्षिण अफ्रिकालाई २–१ गोलले हराउँदै अन्तिम चारमा पुगेको हो । अर्को खेलमा सेनेगलले १० खेलाडीमा सिमित बेनिनलाई १–० गोलले हराउँदै सेमिफाइनलमा स्थान बनायो ।

नाइजेरियाको जितमा स्यामुएल चुकेउजेले २७औं मिनेटमा सुरुवाती गोल गरेका थिए । त्यसपछि दक्षिण अफ्रिकाका बोनगानी जुंङगुले ७१औं मिनेटमा बराबरी गोल फर्काए । अफ्रिकाको बराबरी गोलपछि जोसिएको नाइजेरियाले ८९औं मिनेटमा निर्णायक गोल गरेको थियो । नाइजेरियाका विलियम ट्रोस्ट एकोङले गोल गर्दै टोलीलाई सेमिफाइनलमा पुर्याएका थिए । सेमिफाइनलमा नाइजेरियादे आइभरी कोस्ट र अल्जेरियाबीचको विजेतासँग खेल्नेछ ।

यसैगरी प्रतिस्पर्धात्मक अर्को खेलमा सेनेगलको जितमा इडिरसा गाना युईएले ७०औं मिनेटमा गोल गरेका थिए । बेनिनले खेलभर गोलगर्न लायक अवसर बनाउन सकेन । ८३औं मिनेटमा बेनिनका ओलिभर भर्डोन रातो कार्ड पाउँदै बाहिरिएका थिए । त्यसपछि बेनिन थप दबाबमा देखिएको थियो । सेमिफाइनलमा सेनेगलले माडागास्कर र ट्युनिसियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।


रौतहटमा शिर्ष नेताको हेलिकप्टरमै बसेर अनुगमन

अमित ठाकुर रौतहट,साउन ०१गते। रौतहटमा गत सनिवार अाएको बिनाशकारी बाढीले रौतहट पुरै पिडाले भरिएको ठाउँमा का

बाढीपीडितको सहारा बन्दै राज्य मन्त्री यादव

अमित ठाकुर रौतहट,साउन ०१ गते।देशभरी लगातार बर्षाले गर्दा लालबकैया र बागमतीको बाढीको पानीको कारण डुवानमा

दक्षिणी एसियाका करिब ६० लाख नागरिकलाई बाढीको खतरा

सिरहा, साउन ०१ गते। दक्षिणी एसियाका करिब साठी लाख नागरिकलाई बाढीको खतरा रहेको पाइएको छ । मनसुनी वर्षा र यस

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२