शहिदनगर बाट प्रहरी नीरिक्षक खडकालाई प्रशंसा पत्र सहित विदाई

  • नरेशचन्द्र बरबरिया
  • प्रकाशित मिति: असार 25, 2076
  • 134 पटक पढिएको

असार २५ गते ।धनुषाको शहिदनगर नगरपालिका वडा नं. ३ यदुकूहा स्थित स्थापित ईलाका प्रहरी कार्यालय यदूकूहाका निवर्तमान प्रहरी नीरिक्षक भीम बहादुर खड्कालाई सम्मान सहित विदाई गरिएको छ । 

शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले नगरलाई शान्ति सुरक्षाको अनुभूति गराएको भन्दै उनलाई सम्मान गर्दै विदाई गरेका हुन्  । विगत एकवर्षदेखि शहिदनगर नगरपालिकालाई प्रहरी मेरो साथी र समाजसँग प्रहरी साँझेदारी अभियान अन्तर्गत नगरपालिकालाई विभिन्न तवरले सुरक्षा प्रदान गरेकोप्रति मेयर बरबरियाले कृतज्ञता प्रकट गर्दै विदाई गरे । 


विदाई कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नन्द कुमार झा, लेखा अधिकृत लोक बहादुर नेपाली ,वडा अध्यक्ष तनुकलाल कुसियैत, कम्प्युटर अपरेटर विष्णुदेव यादव, सशस्त्र प्रहरी बल यदुकूहाका प्रहरी नीरिक्षक किसमान तामाङ,पत्रकार नरेशचन्द्र बरबरिया लगायत शहिदनगर नगरपालिकाका सम्पुर्ण टिमद्वारा प्रहरी नीरिक्षक खडकालाई  प्रशंसा पत्र सहित जानकी मन्दिर अंकित मायाको चिनो प्रदान गर्दै बिदाई गरिएको हो ।

 खड्काले आम नागरिकको शान्ति सुरक्षा लगायत विभिन्न सामाजिक एवम् विकाश निर्माणको कामना ईमानदार एवम लगनशील भई सहयोग गरेको भन्दै उनलाई दोसल्ला ओढाएर पनि सम्मान गरेका थिए । उनको कार्यकालमा नगरपालिकाको अपराध तथ्याँकमा न्यून्ता आएको छ । 


सेवाग्राहीलाई थप कामकाज सहजताका लागि शहिदनगरपालिका द्वारा कम्प्युटर र प्रिन्टर सहयोग

जनकपुरधाम,भदौ ३ गते । सहिदनगर नगरपालिकाका कान्छो मेयर उदय कुमार बरबरिया यादवले जिल्ला प्रशासन कार्यालयम

नेपालको साख निर्धारण गर्ने तयारी

देशको ‘रेटिङ’ नभएकाले विदेशी लगानी भित्राउन नसकिएको गुनासो उठिरहेका बेला सरकारले देशको साख निर्धारण

जंगली जनावर मार्न दिनुस वा व्यवस्थापन गर्न कृषकहरुको माग

सन्तोष कुमार साह सिरहा,भदौ १ गते । सिराहा जिल्लाको उत्तरी क्षेत्रका कृषकहरूले जंगली जनावर नीलगाईका कारण

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२