सिरहामा गर्भपतनका लागि मान्यता नपाएका नर्सिङहोमले पनि गर्भपतन गराउँदै

  • Rakesh Singh
  • प्रकाशित मिति: असार 25, 2076
  • 145 पटक पढिएको

लहान, असार २५ गते स् सिरहामा गर्भपतनका लागि मान्यता नपाएका नर्सिङहोमले पनि गर्भपतन गराउँदै आएको खुलेको छ । मिर्चैया नर्सिङहोममा गर्भपतन गराउन गएकी एक महिला गर्भपतन गराउँदा रक्तश्राव नरोकिएपछि उक्त भेद खुलेको हो । आर्थिक प्रलोभनमा परी गर्भपतन गराएको स्थानीयको आरोप छ ।

नर्सिङहोमका डाक्टर सम्भु यादवले ४ महिनाको गर्भपतन गराएका कारण रक्तश्राव भएको बताए । घटना बाहिर आएलगत्तै प्रहरी र स्थानीयहरू नर्सिङहोम पुगेका थिए । त्यहाँ महिलाको उपचार सम्भव नभएपछि थप उपचारको लागि लहानस्थित सप्तऋषि अस्पतालमा पठाइएको जनाइएको छ । नर्सिङहोमका डाक्टर शम्भु यादवलाई फोनमा बुझ्दा पहिलादेखि नै रक्तश्राव भइरहेको बताए ।

उनले आफूहरूले उपचारपछि डिस्चार्ज गरिसकेको अवस्थामा बाटोमा जाने क्रममा रक्तश्राव भएको बताए । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी बचाउ अभियान’ को घोषणा गरेका बेला मिर्चैया, लहानलगायतका स्थानमा लिङ्ग पहिचान गरी भु्रण हत्या फस्टाएको हो ।

लिङ्ग परीक्षण कानूनीरूपमा प्रतिबन्ध भए पनि सिरहाको मिर्चैया, लहान, सिरहालगायतका स्थानमा खुलेआम रूपमा दुईहजार पाँचसय लिएर छोराछोरी छुट्याउने गरेको नाम नछाप्ने शर्तमा एक महिलाले बताइन् ।


रौतहटमा शिर्ष नेताको हेलिकप्टरमै बसेर अनुगमन

अमित ठाकुर रौतहट,साउन ०१गते। रौतहटमा गत सनिवार अाएको बिनाशकारी बाढीले रौतहट पुरै पिडाले भरिएको ठाउँमा का

बाढीपीडितको सहारा बन्दै राज्य मन्त्री यादव

अमित ठाकुर रौतहट,साउन ०१ गते।देशभरी लगातार बर्षाले गर्दा लालबकैया र बागमतीको बाढीको पानीको कारण डुवानमा

दक्षिणी एसियाका करिब ६० लाख नागरिकलाई बाढीको खतरा

सिरहा, साउन ०१ गते। दक्षिणी एसियाका करिब साठी लाख नागरिकलाई बाढीको खतरा रहेको पाइएको छ । मनसुनी वर्षा र यस

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२