५ महिनादेखि कलैया अस्पतालमा शल्यक्रिया बन्द, विरामी समस्यामा

  • Rakesh Singh
  • प्रकाशित मिति: असार 25, 2076
  • 127 पटक पढिएको

सिरहा, असार २५ गते । बारा जिल्ला अस्पताल कलैयामा बिगत ५ महिनादेखि शल्यक्रिया सेवा बन्द हुदा सर्वसाधारणलाई सास्ती भएको छ । सर्वसाधारण महँगो खर्चमा शल्यक्रिया गराउन बाध्य भएका छन् ।

५ महिना पहिला कलैया अस्पतालमा निशुल्क अपरेसन भईरहेको थियो तर अप्ररेसन सेवा बन्द हुदा निकै दुख भोग्नु परेको बारागढी गाँउपालिका ४ का असर्फी चौधरीले गुनासो पोखे । छोरीलाई ब्यथा लागेपछि कलैया अस्पतालमा लगे तर त्यहाका डाक्टरले अपरेसन सेवा बन्द भएको भन्दै वीरगंज स्थित गण्डक होस्पिटलमा रिफर गर्यो उनले थपे ।

वीरगंजमा ५० हजार भन्दा बढी खर्च भयो चौधरीले आफनो दुखेसो पोखे । चौधरी त प्रतिनिधि पात्र मात्र हुन उनी जस्ता धेरै मान्छेहरुले पिडा पोखेका छन् । प्रसुती गृहको भवनको मुल गेटमा तालाबन्द गरिएको छ । ५० शैयाको कलैया अस्पतालमा पुर्वाधार राम्रो भएपनि सेवा भने प्रभावकारी नरहेको वरिष्ठ पत्रकार सत्यप्रसाद श्रेष्ठले भने ।

अस्पतालमा समान्य प्रकारका ढिलेभरी नर्सहरु गराउने गरेको कलैया अस्पताल बिकास समितिका पुर्व अध्यक्ष सचिन्द्र ठाकुरले बताए । जिल्लामा १६ वटा स्थानिय तह रहेको छ । सबै स्थानिय तहहरुका नागरिकले कलैया अस्पतालमा नै प्रार्य जसो ढिलेभरी गराउन आउन्छ ।

तर सबैले वीरगंजका विभिन्न अस्पतालहरुमा गएर जटिल प्रकारका ढिलेभरी गराउन बाध्यता कायमै रहेको छ । यो समस्या कहिले सम्म समाधान हुन्छ र नागरिकले कलैया अस्पतालबाट निशुल्क सेवा पाउन्छ भने प्रशन महिला अधिकारकर्मी बबिता जयसवालले गरिन् । बुहारीको बच्चा जन्मेको ४ महिना भईसक्यो अहिले सम्मपनि यतायात खर्च भने नपाएको कलैया उपमहानगरपालिका वडा नम्बर २७ की जनीदेवी सहनीले भनिन् ।

यता अस्पतालका प्रमुख त्रिभुवनचन्द्र झाले जनशतिmको अभाव एवम जेनेरेटर बिग्रेका कारणले अप्ररेसन हुन नसकेको स्वीकार गरे । आमा सुरक्षा कार्यक्रम अन्तरगत पाउने यतायात खर्च, सो बापत अस्पताललाई पाउने सोधभर्नाको रकम समेत प्रदेश सरकारवाट नआएको दुखेसो गरे ।

अप्ररेसन गर्ने ढोका समेत बिग्रेको छ । हावापनि छिर्ने गर्दछ तर पैसाको अभावमा अप्ररेसन गर्न नसकेको प्रमुख झाले दावी गरे । समस्याका बाबजुद पनि श्रावन देखि जेष्ठ सम्ममा ३ हजार ५ सय नरमल ढिलेभरी गरेको प्रमुख झााको दावी रहेको छ । ढिलेभरी सेवा सुचारु गर्नका लागि जनशतिm र पैसा पठाउनलाई समबन्धित निकायमा पटक पटक पत्राचार गरेको भएपनि सुनवाई हुन नसकेको प्रमुख झाले भने ।

शल्यक्रियाका लागि २ जना नर्स, कार्यलय सहयोगी २ जना, बच्चा हर्ने १ जना, बेहोस गर्ने १ जना हुनु पर्नेमा ती कर्मचारी नरहेको प्रमुख झाले बताए । प्रदेश नम्बर २ को स्वास्थ्य हेर्ने क्षेत्रिय निर्देशक प्रमोद यादवसंग बुझदा आफुलाई अपरेसन सेवा बन्द भएको कुरा थाह नभएको बताउदै यस बिषयमा कलैया अस्पतालका प्रमुखसंग जानकारी लिई सेवा चाडै सूचारु गर्नेतिर लाग्ने बताए ।

क्षेत्रीय प्रमुख यादवले आमा सुरक्षा भता अस्पताललाई पठाई दिएको समेत बताए । कलैया अस्पतालमा ६० जनाको दरबन्दी रहेकोमा १९ जना मात्र कर्मचारी रहेको बताउदै चाहे जस्तो नागरिकलाई सेवा दिन नसकेको अस्पतालका प्रमुख झाले जानकारी दिए । ३ महिनाको तलव कर्मचारीहरुलाई नपाएको हुदा कर्मचारीहरुलाई कठिनाई भईरहेको उनले बताए ।


सेवाग्राहीलाई थप कामकाज सहजताका लागि शहिदनगरपालिका द्वारा कम्प्युटर र प्रिन्टर सहयोग

जनकपुरधाम,भदौ ३ गते । सहिदनगर नगरपालिकाका कान्छो मेयर उदय कुमार बरबरिया यादवले जिल्ला प्रशासन कार्यालयम

नेपालको साख निर्धारण गर्ने तयारी

देशको ‘रेटिङ’ नभएकाले विदेशी लगानी भित्राउन नसकिएको गुनासो उठिरहेका बेला सरकारले देशको साख निर्धारण

जंगली जनावर मार्न दिनुस वा व्यवस्थापन गर्न कृषकहरुको माग

सन्तोष कुमार साह सिरहा,भदौ १ गते । सिराहा जिल्लाको उत्तरी क्षेत्रका कृषकहरूले जंगली जनावर नीलगाईका कारण

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२