प्रदेश २ सरकारले १४ हजार साइकल खरीद गर्ने भएको छ

  • पत्रपत्रिकाबाट
  • प्रकाशित मिति: असार 19, 2076
  • 46 पटक पढिएको

सिरहा,असार १९ गते। प्रदेशअन्तर्गत कक्षा ८ मा अध्ययन गरिरहेका बालिकाका लागि प्रदेश सरकारले १४ हजार साइकल खरीद गर्ने भएको हो ।

‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियानअन्तर्गत साइकल वितरण गर्न लागेको प्रदेश सरकारले चार हजार थान खरीद गरिसकेको छ ।

खरीद गरिएका साइकल मुख्यमन्त्री कार्यालयमै राखिएको छ । साइकलका सम्पूर्ण पार्टपूर्जाहरु ल्याएर प्राविविधकहरुले मुख्यमन्त्री कार्यालयभित्र साइकल जडान गरेका हुन् । मुख्यमन्त्री कार्यालयमा राखिएको साइकल धनुषा र महोत्तरीका बालिकाहरुलाई वितरण गरिने प्रदेश २ सरकारले जनाएको छ ।

खरीद गर्न लागिएको १० हजार साइकल राजविराज, वीरगञ्ज र जनकपुरमा स्टोर गरिने मुख्यमन्त्री कार्यालयले जनाएको छ । वीरगञ्जमा स्टोर गरिने साइकल पर्सा, बारा, रौतहट र सर्लाही जिल्लामा वितरण गर्ने प्रदेश २ सरकारको योजना छ । राजविराजमा स्टोर गरिने साइकल सप्तरी र सिरहाका बालिकालाई बाँडिने छ ।

१४ हजार साइकल खरीद गर्न मुख्यमन्त्री कार्यालयले टेन्डर प्रक्रिया पूरा गरेको छ । जसअनुसार दुई सफ्लायर्सले साइकल खरीद गरेर प्रदेश सरकारलाई उपलब्ध गराउनेछन् ।

हेलेक्स इन्टरप्राइजेज काठमाडौंले ४ हजार थान र वेभ सान्यो काठमाडौंले १० हजार थान साइकल प्रदेश सरकारलाई दिने जिम्मा लिएको छ । यसमध्ये हेलेक्स इन्टरप्राइजेजले आफ्नो चार हजार साइकल मुख्यमन्त्री कार्यालयलाई बुझाइसकेको छ । यी दुवै कम्पनीकोबीच झण्डै रु ६ सयको फरक छ । वेभ सान्योले हालसम्म्म साइकल नदिएको र चाँडै दिने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

हेलेक्सले ४ हजार साइकल उपलब्ध गराउन रु २ करोड ६४ लाख ३७ हजार ४ सय ८० भ्याटसहितको रकम लिएको छ । यो रकमअनुसार प्रति साइकल ६ हजार ६ सय ९ रुपैयाँ ३७ पैसा परेको छ ।

१० हजार साइकलको एकमुष्ठ रु ७ करोड १९ लाख ८१ हजार मूल्य तोकिएको छ । यो मूल्य अनुसार प्रति साइकलको मूल्य ७ हजार १ सय ९८ रुपैयाँ १ पैसा पर्दछ । मुख्यमन्त्री कार्यालयले छुट्टाछुट्टै टेण्डर भएकाले मूल्य फरक परेको जनाएको छ ।सभार जनकपुर टूडे न्युज ।


रौतहटमा शिर्ष नेताको हेलिकप्टरमै बसेर अनुगमन

अमित ठाकुर रौतहट,साउन ०१गते। रौतहटमा गत सनिवार अाएको बिनाशकारी बाढीले रौतहट पुरै पिडाले भरिएको ठाउँमा का

बाढीपीडितको सहारा बन्दै राज्य मन्त्री यादव

अमित ठाकुर रौतहट,साउन ०१ गते।देशभरी लगातार बर्षाले गर्दा लालबकैया र बागमतीको बाढीको पानीको कारण डुवानमा

दक्षिणी एसियाका करिब ६० लाख नागरिकलाई बाढीको खतरा

सिरहा, साउन ०१ गते। दक्षिणी एसियाका करिब साठी लाख नागरिकलाई बाढीको खतरा रहेको पाइएको छ । मनसुनी वर्षा र यस

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२