युवा विदेश पलायन भएपछि बूढापाकालाई सास्ती

  • न्यूज डेस्क
  • प्रकाशित मिति: जेठ 24, 2076
  • 37 पटक पढिएको

सिरहा,जेठ २४ गते । मुलुकमा कुनै रोजगारीको स्रोत नभएर युवा रोजगारीको खोजीमा खाडी मुलुक छिर्ने क्रमले सिरहाका विभिन्न गाउँमा पनि असर परेको छ ।

घरायसी काम तथा खेतीपाती लगाउने र भित्र्याउने समयमा युवा नहुँदा बूढापाकाले सास्ती भोग्दै आएका छन् । आर्थिक अभाबका कारण बिदेशिने क्रम बढिरहेका बेला मुलुकमा भएको द्वन्द्वको समयमा पनि कतिपय युवा गाउँघर छाड्न बाध्य थिए ।

नेपाल सरकारले युवा लक्षित विभिन्न सीपमूलक काम सञ्चालन गरेर पनि सीप सिकेका युवाले त्यही प्रमाणपत्र लिएर वैदेशिक रोजगारीमा जाने गरेका कारण पनि यस्तो समस्या आएको हो । गाउँमा युवा नभएपछि यता दक्ष जनशक्तिको अभाव हुनाका साथै पारिवारिक काममा समेत समस्या उत्पन्न भएको छ ।भदैयाका विष्णुदेव चौधरीले भन्नुभयो, “स्वदेशमै कुनै अवसर उपलब्ध गराउन सके बेलाबखत भए पनि युवा गाउँमा आउँथे अनि थोरबहुत सहयोग पुग्ने थियो तर उनीहरू नै विदेशिएपछि वर्षौसम्म आउँदैनन्, अनि समस्या झन् थपिँदै गएको छ ।”

गाउँका युवा विदेश पलायन हुँदै गएपछि अहिले विवाह व्रतबन्ध तथा मर्दापर्दा लास बोकेर आर्यघाटसम्म पु¥याउनसमेत कठिन हुने गरेको लहानस्थित जेएस मुररका बहुमुखी क्याम्पसका स्ववियु सभपति अशोककुमार चौधरीले बताउनुभयो । गाउँमा पर्याप्त युवा जनशक्ति नभएपछि समाजमा मर्दापर्दाको समयमा गाउँमा भएका दुई(चार युवाले मात्र काम गर्ने गरेको उहाँको भनाइ थियो ।


लोक सेवा फारम भर्ने म्याद १ हप्ता थप, १० गतेसम्म भर्न सकिने

काठमाडौं – लोक सेवा आयोगले स्थानीय तहका विभिन्न पदमा आह्वान गरेको आवेदन भर्ने म्याद थप गरेको छ । मंगलव

शहिदनगर नगरपालिकाको समुदायिक विद्यालयका किशोरीहरुलाई आत्मरक्षा तालिम

धनुषा, असार ३ गते ।मुलुककै कान्छो मेयर भनेर चिनिने धनुषाको शहिदनगरका मेयर उदय कुमार बरबरियाले नगरकी किशो

लोक सेवाको अनलाइनमा समस्या, फारम भर्न मुस्किल !

काठमाडौं –लोक सेवा आयोगको अनलाइन सिस्टममा समस्या आउँदा फारम भर्न चाहनेहरू मर्कामा परेका छन् । स्थानीय

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२