सिरहाका स्वास्थ्य संस्था बन्द गर्न सात दिने निर्देशन सात दिनभित्र बन्द गर्न स्वास्थ्य कार्यालय सिरहाले निर्देशन

  • पूर्वाञ्चलएक्सप्रेस सम्वाददाता
  • प्रकाशित मिति: जेठ 24, 2076
  • 191 पटक पढिएको

सिरहा,जेठ २४ गते । प्रकृया मिचेर सञ्चालन गरिरहेको नीजि स्वास्थ्यसंस्थाहरुलाई सात दिनभित्र बन्द गर्न स्वास्थ्य कार्यालय सिरहाले निर्देशन दिएको छ । नविकरणको लागि पटक–पटक ताकेता गर्दा पनि बलमिचाई गरेर सञ्चालन गरिरहेको जिल्लाका ८ अस्पताल र ६ पोलि क्लिनिकलाई सात दिनभित्र बन्द गर्न निर्देशन दिएको हो ।
संस्था नविकरण नगरी संचालन गर्नेहरुमा लहान लाइफ केयर हस्पिटल प्रा.लि. लहान–४, डिफाईन हस्पिटल केयर प्रा.लि. लहान –३, फेण्डस हस्पिटल लहान ४, कामना नर्सिङ होम लहान ४, सगरमाथा मोडेल हस्पिटल प्रा.लि. गोलबजार –८, चोहर्वा, माँ धमिनी हस्पिटल प्रालि गोलबजार ६, रेखा नर्सिङ केयर एण्ड डाइग्नोस्टिक सेन्टर प्रालि मिर्चैया ६ सहित ८ वटा रहेका छन् ।
त्यसैगरी, आदित्य मेडि केयर सेन्टर लहान ८, वेष्ट राधा कृष्ण डेन्टल क्लिनिक लहान, अलफ्रेण्ड हेल्थ केयर प्रा.लि. छपराडी र सहलेश पोली क्लिनिक मिर्चैयाले नविकरण नगरी स्वास्थ्य संस्था संचालन गरेको जनाएको छ । नविकरण समाप्त भएका स्वास्थ्य संस्थाहरुलाई दर्ता नविकरणको लागि दुई महिनाको समय दिए पनि अटेर गरेकोले स्वास्थ्य संस्था स्थापना, संचालन तथा स्तरोन्नती मापदण्ड सम्वन्धि निर्देशिका २०७० बमोजिम संस्था बन्द गरी सम्वन्धित कार्यालयमा जानकारी गराउन पत्राचार जिल्ला स्वास्थ्य अधिकृत उमेश लाल कर्णले जानकारी दिए ।

उनले नियम विपरित संचालनमा रहेको सवै स्वास्थ्य कार्यालयलाई सात दिनभित्र संस्था बन्द गरी जिल्ला प्रशासन कार्यलय र स्वास्थ्य कार्यालयमा जानकारी दिन पत्राचार गरेको जनाए । उनले ७ दिन भित्र स्वास्थ्य संस्था बन्द नगरेमा गैह्र कानूनी रुपमा संस्था संचालन गरेको अभियोगमा प्रचलित कानुन बमोजिम कार्वाही हुने पनि जनाएको छ । स्वास्थ्य कार्यालयलय सिरहाले २०७५ भदौ २० गते प्रमुख जिल्ला अधिकारीको आतिथ्यमा जिल्ला स्वास्थ्य प्रमुख डा. नागेन्द्र यादवको संयोजकत्वमा सम्वन्धित स्वास्थ्य संस्थाका सञ्चालकहरुको उपस्थितिमा बसेको बैठकले नविकरणको लागि २ महिलनाको समय तोकेको थियो ।
यता निजी स्वास्थ्य संस्था संचालकहरुलेभने आफूहरुले स्थानीय तहसँग स्वीकृति लिएको र नविकरण गरिरहेको जनाएको छ । उनीहरुले स्थानीय तहको कार्यविधिअनुसार १५ सैयाको अस्पतालको नविकरण गर्ने अधिकार भएकोले अहिले त्यही बाटै नविकरण भईरहेको जनाएको छ ।


रौतहटमा शिर्ष नेताको हेलिकप्टरमै बसेर अनुगमन

अमित ठाकुर रौतहट,साउन ०१गते। रौतहटमा गत सनिवार अाएको बिनाशकारी बाढीले रौतहट पुरै पिडाले भरिएको ठाउँमा का

बाढीपीडितको सहारा बन्दै राज्य मन्त्री यादव

अमित ठाकुर रौतहट,साउन ०१ गते।देशभरी लगातार बर्षाले गर्दा लालबकैया र बागमतीको बाढीको पानीको कारण डुवानमा

दक्षिणी एसियाका करिब ६० लाख नागरिकलाई बाढीको खतरा

सिरहा, साउन ०१ गते। दक्षिणी एसियाका करिब साठी लाख नागरिकलाई बाढीको खतरा रहेको पाइएको छ । मनसुनी वर्षा र यस

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२