सिरहा स्थानियको कुटपिटबाट सैनिक जवानको मृत्यु विजुली पोलमा बाधेर कुटपिट गरेपछि मृत्यु

  • पूर्वाञ्चलएक्सप्रेस सम्वाददाता
  • प्रकाशित मिति: जेठ 3, 2076
  • 426 पटक पढिएको

MhHDvTKwRAg

सिरहा,जेठ ३ गते । स्थानियको कुटपिटबाट सैनिक जवानको मृत्यु भएको छ । बरियारपट्टी गाउँपालिका वडा नं.४ सोहपुर निवासी २२ वर्र्षीय अनिस कुमार सिंहलाई स्थानियहरु कुटपिट गरी ज्यान लिएको छ ।

उनकै वडाका तेनुवापट्टी गाउँका विरेक्षण यादब घरमा चोरीको आरोपमा विजुली पोलमा बाधेर कुटपिट गरेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिनुभयो ।
यो घटना बैशाख २८ गते शनिवार रातीको हो ।

तेनुवापट्टी चौककै अधारभुत प्राथमिक विद्यालय पुर्व उतरमा रहेको कलबको घर स्थित विजुली पोलमा बाधिएर स्थानियहरुको कुटपिटबाट गम्भीर घाइते भएका सिंहको उपचारका क्रममा जेठ १ गते दिउसो छाउनी विरेन्द्र सैनिक अस्पताल काठमाण्डौमा मृत्यु भएको प्रहरीले बताउनुभयो ।

प्रहरी मुखर्दशक
प्रहरीलाई खबर गरेपनि प्रहरी समयमा नआउनु र आएपनि मुखर्दशक भएको विरुद्धमा दोषीलाई पक्राउ गरी कडा कारवाहीको माग गर्दै बिहीवार स्थानीयबासीले सिरहाको सुखीपुर बरियारपट्टी सडक खण्ड विहान ९ बजे देखि साँझ ७ बजे सम्म अवरुद्ध पारेको थियो ।सडक अबवरुद्धको साथै ईलाका प्रहरी कार्यालय बरिषरपट्टीलाई समेत घेराबन्दीमा लिएको थियो । घेरा वन्दीमा लिएपछि जिल्लाबाट र ईलाकाबाट आएका प्रहरी र स्थानीय बिच ३ वटा बुदांमा छलफल भएर घेरावन्दी र सडक अबरोध खुलियो ।

छलफल बुदांहरुमा मुखदर्शक बनेका प्रहरीलाई कर्वाही , दोषीलाई हदै सम्मको कवार्ही, तीन दिन भित्र अपराधीलाई पक्राउगरी कवार्ही अगाडी बढाउने निर्णय भएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।
मृतकका काका मनोज सिंह
बैशाख २८ गते राती हामीहरु सबै परिवार लहानमा थियो । घरमा ७५ वर्षिया हजुर आमा र अनिस मात्रै घरमा थियो । राती केही युवाहरु घरमा अएर चोरको आरोप लगाउदै समातेर अनिसलाई घरबाट तेनुवापट्टी लगियो । तेनुवापट्टीमा बिजुलीको पोलमा बाधेर कुटपिट गर्न थोलेको खबर पाए लगतै ईलाका प्रहरी कार्यालय बरियारपट्टीलाई खबर गर्दा पनि समयमा प्रहरी पुगेन तर केही घण्टा पछि पुगेपछि प्रहरी मुखदर्शक बनेर बसे ।

न कसैलाई आफनो नियन्त्रण लियो न अनिसलाई कुटाई खानमा बचायो अनिसका काका मनोज सिंहले दुखेसो पोख्नुभयो ।
मृतकका काका विजय कुमार सिंह
मृतक सिंहका अर्का काका विजय कुमार सिंहले आँखाबाट आशु चुहाउदै भन्नुभयो – हामीहरु बिहान ४ बजे आफन्तहरु घटना स्थलमा पुगे । हात खुटा विजुली पोलबाट खोलिदिन आग्रह गर्दा गाली समेत दियो र खोलेन पनि मानेन । आफनै अगाडीमा भतिजा कुटाई खाई राखेको हेरेर सहन नसेकपछि आफुहरु रुदै रुदै केही पर गएर बसे । उनीहरु नाना थरीका गालीहरु दिदै थियो । मन नमानेपछि पुन आए तर पनि उनीहरु हाम्रो गुहार सुनेन । ३० मिनेट पछि अर्थात बिहान ४ः ३० बजे उनीहरु नै गाडी मगायो । तर कोही गाडीमा अनिसलाई राखन नमाने पछि । आफुहरु भतिजालाई रुदै रुदै गाडीमा चढाए । तत्कालै उनलाई लहानको सप्तऋषी अस्पतालमा र्पुयाइयो । त्यहाँ उपचार संभव नभएपछि नोभेल अस्पताल विराटनगरमा रेफर गरियो । त्यहाँ पनि उपचार संभव नभएपछि छाउनी विरेन्द्र सैनिक अस्पताल काठमाण्डौमा रेफर गरियो । उपचारकै क्रममा मृत्यु भएको खबर पाएर पुरै परिवार वियोगमा परेको छु ।

यता , चोरीको आरोप लगाउदै जाहिरी दिएका विरेक्षण यादबको घरमा घटनाको बारेमा शोधपुछ गर्न जादा घरमा ताल्चा लागेपछि कुरा हुन सकेन । अनिसलाई विजुली पोलामा बाधेर कुटपिट गरेको ठाउँका पुगे । छिमेकीहरुलाई शोध्दा आफुले केही नबताउने र आफुलाई केही थहा नभएको बताए । जतिलाई प्रश्न गरे सबैको अनुहारमा त्रास देखियो । गाउँमा पुरुषहरुको संख्यामा पनि कमि देखियो । घटना स्थल ठाउँका घरहरुमा पुरुषहरु पाएन महिलाले केही बताउन चाहेनन ।
यता घटनाको बारेमा थप अनुसंधान भई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

 


रौतहटमा शिर्ष नेताको हेलिकप्टरमै बसेर अनुगमन

अमित ठाकुर रौतहट,साउन ०१गते। रौतहटमा गत सनिवार अाएको बिनाशकारी बाढीले रौतहट पुरै पिडाले भरिएको ठाउँमा का

बाढीपीडितको सहारा बन्दै राज्य मन्त्री यादव

अमित ठाकुर रौतहट,साउन ०१ गते।देशभरी लगातार बर्षाले गर्दा लालबकैया र बागमतीको बाढीको पानीको कारण डुवानमा

दक्षिणी एसियाका करिब ६० लाख नागरिकलाई बाढीको खतरा

सिरहा, साउन ०१ गते। दक्षिणी एसियाका करिब साठी लाख नागरिकलाई बाढीको खतरा रहेको पाइएको छ । मनसुनी वर्षा र यस

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२