नातेदारलाई जागिर दिएको बिरुद्धमा त्रिवि सेवा आयोग कार्यालयमा तोडफोड संगै तालाबन्दी

  • नरेशचन्द्र बरबरिया
  • प्रकाशित मिति: बैशाख 30, 2076
  • 142 पटक पढिएको

काठमाडौँ, वैशाख ३० गते । त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित सेवा आयोगको कार्यालयमा आइतबार दिउँसो तोडफोड संगै तालाबन्दी भएको छ । खुल्ला प्रतिस्पर्धाको परीक्षामा नातेदारलाई पास गराएको भन्दै असन्तुष्ट विद्यार्थीहरूको समूहले तोडफोड गरेको हो । 

महानगरीय प्रहरी वृत्त किर्तिपुरका अनुसार तोडफोडबाट सेवा आयोग कार्यालयमा क्षति पुगेको छ।नतिजा प्रकाशनमा असन्तुष्टि जनाउँदै नेपाल विद्यार्थी सङ्घ र नयाँ शक्ति विद्यार्थी युनियनमा आबद्ध विद्यार्थीले तोडफोड गरेको प्रहरीले जनाएको छ। विद्यार्थीहरुले सेवा आयोगका अध्यक्ष चैतन्य शर्माको कुर्सी जलाएका छन् । ज्ञापन पत्र बुझाउने क्रममा उनीहरुले तोडफोड र कुर्सी जलाउने काम गरेका हुन् ।

 

                                             सेवा आयोगका अध्यक्षको कार्यकक्षमा तालाबन्दी गर्दै विद्यार्थी ।

 तोडफोडमा संलग्न भएको आरोपमा नेविसंघका ५ जना विद्यार्थीलाई प्रक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा नेविसंघ कार्यकर्ताहरु केदार पाण्डे, श्याम ओझा, योगेन्द्र रावल, केआर पाण्डुलिपि, रोहित काफ्ले रहेको नेविसंघ त्रिवि इकाई सभापति हरि आचार्यले जानकारी दिए ।


सेवा आयोगले लिएको खुल्ला प्रतिस्पर्धामा त्रिविकै उच्च पदाधिकारी, विद्यार्थी संघसंगठनका पहुँचवाला नेता र विभिन्न राजनीतिक पार्टीका नेताका नातेदारहरूको नाम निस्किएको थियो। वैशाख १३ गते नतिजा सार्वजनिक गरिएको हो।




सिरहा स्थानियको कुटपिटबाट सैनिक जवानको मृत्यु

MhHDvTKwRAg सिरहा,जेठ ३ गते । स्थानियको कुटपिटबाट सैनिक जवानको मृत्यु भएको छ । बरियारपट्टी गाउँपालिका वडा नं.४ सो

नेपाल टाईम्सले संघीय राजधानीमा

विराटनगर, जेठ २ गते । नेपाल टाईम्स मिडिया प्रालि. द्धारा सञ्चालित प्रदेश नं. १ को पहिलो अनलाइन टेलिभिजनका र

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२