विरेन्द्रबजारको स्वास्थ्य चौकीमा औषधि चरम अभाव

  • पूर्वाञ्चलएक्सप्रेस सम्वाददाता
  • प्रकाशित मिति: बैशाख 29, 2076
  • 26 पटक पढिएको

धनुषा,वैशख २९ गते । जिल्ल धनुषाको गणेशमान चारनाथ नगरपालिकामा रहेको विरेन्द्रबजारको स्वास्थ्य चौकीमा औषधिको चरम अभाव भएको छ । जनप्रतिनिधि अएको दुई आर्थिक वर्ष पूरा भयो तर अहिले सम्म औषधिको अभाव रहेको स्थानीय यूवा रुपेश कुमार महतोले बताए । सरकारको घोषित नीतिअनुसार स्वास्थ्य चौकीमा ३५ प्रकारका औषधि निःशुल्क उपलब्ध हुनुपर्ने हो । अहिले कुनै प्रकारको औषधि नरहेको विरेन्द्रबजार स्वास्थ्य चौकीका प्रमूख विक्रम प्रसाद मंडालले बताए । उनका अनुसार विरेन्द्रबजार स्वास्थ्य चौकीमा करिब १३ र १४ महिना देखि औषधिको अभाव रहेका छन । विरेन्द्रबजार स्वास्थ्य चौकीमा आवश्यक औषधि नहुँदा बिरामी निजी क्लिनिक र औषधि पसल बाट चर्काे मूल्यमा औषधि खरीद गर्न बाध्य छन् । तर, विरेन्द्रबजार स्वास्थ्य चौकीमा सामान्य समस्यामा प्रयोग गर्ने औषधि देखि अत्यावश्यक औषधि छन । औषधिको अभाव भएको बारेमा पटक–पटक सम्बन्धित निकायमा जानकारी गराउँदा आईरहेको छु ।संघीय व्यवस्थाअनुसार नगरपालिका कार्यालयले औषधि खरिद गरी विरेन्द्रबजार स्वास्थ्य चौकीहरुलाई औषधि उपलब्ध गराउनुपर्ने भएपनि नगरपालिका यसतर्फ गम्भीर नभएको विरेन्द्रबजार स्वास्थ्य चौकीका प्रमूख विक्रम प्रसाद मंडालले बताए । उनका अनुसार जुकाको औषधि अलबेन्डाजोल, एलर्जीमा दिइने गामाबेन्जिन हेक्साक्लोराइड, उच्च रक्तचापका बिरामीलाई दिइने एमलोडिपिन, एटिनोलोल र सुगरका रोगीलाई चाहिने मेटफर्मिन पनि छैन । यता,विरेन्द्रबजार स्वास्थ्य चौकीलाई औषधि पूर्ति गर्ने जिम्मा पाएको गणेशमान चारनाथ नगरपालिकाका नगर प्रमूख रामबाबु यादवले भने चार महिना भित्र यो समस्यालाई सवधान गर्छु ।


सिरहा स्थानियको कुटपिटबाट सैनिक जवानको मृत्यु

MhHDvTKwRAg सिरहा,जेठ ३ गते । स्थानियको कुटपिटबाट सैनिक जवानको मृत्यु भएको छ । बरियारपट्टी गाउँपालिका वडा नं.४ सो

नेपाल टाईम्सले संघीय राजधानीमा

विराटनगर, जेठ २ गते । नेपाल टाईम्स मिडिया प्रालि. द्धारा सञ्चालित प्रदेश नं. १ को पहिलो अनलाइन टेलिभिजनका र

नातेदारलाई जागिर दिएको बिरुद्धमा त्रिवि सेवा आयोग कार्यालयमा तोडफोड संगै तालाबन्दी

काठमाडौँ, वैशाख ३० गते । त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित सेवा आयोगको कार्यालयमा आइतबार दिउँस

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२