चमार आन्दोलनले नलिएको गति

  • न्यूज डेस्क
  • प्रकाशित मिति: बैशाख 28, 2076
  • 172 पटक पढिएको

नेपालमा दलित आन्दोलनको ईतिहासमा महन्त्वपूर्ण आन्दोलनको रुपमा लहान चमार(सिनो बहिषकार) आन्दोलनलाई लिन सकिन्छ । तराईको उद्धगम स्थल सिरहाको लहान सिनो वहिष्कार आन्दोलन पनि एक हो । तराई मधेशको उद्धगम स्थलको रुपमा चिनिन्छ लहान जाहा विश्वलाई चकित पार्ने आन्दोलनहरु सुरु भएको इतिहास छन । नेपालमा विभिन्न हक अधिकार का निम्ति भएको तराई मधेश आन्दोलन होस वा मानव अधिकारलागि आन्दोलन होस तराई मधेशको ईतिहास रच्ने आन्दोलनहरु लहान बाट नै भएको ईतिहास छ ।दलित आन्ेदालनलाई विश्वमा चिनाउने चमार (सिनो बहिष्कार) आन्दोलन एक हो । लहान चमार (सिनो बहिष्कार) आन्दोलनले विश्वमा दलित आन्दोलनको पहिचान समेत गराएको हो ।
तराईमा चमार समुदायमाथि अति अन्याय, अत्याचार, दमन, शोषण र दासता को रुपमा राखिएको छ । त्यस क्रममा चमार सुदायलाई मानवताको संज्ञानै दिएका छैनन । त्यसमापनि आफुलाई ठूला जात जातिका ठेकेदार भनाउनदाहरु चमार जातिसँग मरिसकेको गाई वस्तुहरु जवरजस्ति फाल्न लगाउने गर्छन । तराईमा ब्राह्मणवादमा जकडिएको जमिन्दारी प्रथा, सामन्ति संस्कार तथा शोषण दमनको चमार समुदायसँग गरिने व्यवहारको सिमानै छैनन् । चमार समुदायको अशिक्षा, अज्ञानता र बेराजगारिको फाईदा उठाउदै चमार जातिमाथि शासन वर्षैा देखी गर्दै आईरहेको छ । गाई , गोरु, भैँसि, बाख्रा आदि को दुध बाट जिउदोमा फाईदा लिने र मरिसके पछि नजिकको चमार समुदायका व्यक्तिलाई बोलाएर जवरजस्ति (ढठ्ठा) अथवा बासँमा लादेर परको एलानिपर्तिमा फाल्न लगाउछन । सिनो फाले बापत चमार समुदायले खालि हाथ नै फर्किनु पर्ने चलन नै थियो । मरिसकेको गाई वस्तुको छाला लाई(खलेर) वा छाला झिकेर बेचेर आफनो गुजारा चलाउने र चप्पल जुत्ता पनि सुउने गर्छ । चेतनाको कमि र आर्थिक अभावको कारणले चमार समुदायले गाई बस्तुको खलेर त्यहि मरिसकेको गाई, भैसिँको मासु ल्याएर खानुपर्ने बाध्यता थियो । रोगले मरिसकेको गाई बस्तुको मासु आफुखाएपछि चमार समुदायको मानिस पनि बिमार परि मृत्यु हुनेगरेको थियो ।
चमार समुदायको महिलालाई चमईन भन्ने प्रथा र प्रचलन छ जुन हेपिएर बोलाउने गर्छ । ठूला जात जातिको छोरि, बुहारिको बच्चा जन्मिएपछि तराईको भाषा बियाउर भनिन्छ बियाउर गराइएदिए र उसको बच्चाको महिनौ सम्म मालिस (जातपिच) गरिदिएबापत एउटा पुरानो र फाटेको लुगा र प्रायः साडि र केहि चामल दिने परिचलन समेत रहेको छ । ठूला जातिको घरमा बच्चा जन्मिएपछिको मुखमा चमईनले हाथ भित्र दिनु पर्ने चलन थियो । त्यहि चमईनले मुखमा हाथ हाल्दा उ छुवाएन र उहि व्यक्ति ठूलो भएपछि त्यहि चमईसँग छुवाउछ कस्तो विडम्बनाछ नेपालि समाजमा अहिले पनि । चमार जातिका महिला बुढी, हिडडुल गर्न नसक्दा उसको छोरि वा बुहारिहरुले मालिको घरमा दिन होस वा रातमा होस उसको घरमा बियाउर गराउन जानै पथ्र्यो । चमार समुदायको छोरि, बुहारिले रातिमा बियाउर गराउन जाने बेलामा बाटोमा बलात्कार पनि भएको अवस्था छ ।
२०५६ सालमा तराईको सिरहा लहान चमार (सिनो बष्किार) आन्दोलन देशभरि नै तहल्का मच्चिएका थिए । लहान मा सिनो फाल्नैपर्छ भन्ने र चमार समुदायले सिनो न फाल्ने बिच आन्दोलन लगभग ३ महिनै चलेको थियो । सिनो बहिष्कार आन्दोलन गर्ने समुदायमा विभिन्न नाकाबन्दि लगायत समस्याहरु भोेग्नु परको थियो । चमारहरुले सिनो फाल्नुपर्छ भन्ने नेपालि काङग्रेसका पदम नारायण चौधरि लगायतले अगुवाई गरेको थियो । पत्रकार तथा मानव अधिकारकर्मी अर्जुन थपलियाहरुको सहयोग र अगुवाईमा सिनो नफाल्ने विच संघर्ष लामो चलेको थियो । सिनो बहिष्कार आन्दोलन विभिन्न मिडियामा आएपछि राष्ट्रिय तथा अन्तराष्ट्रिय करण भएपछि विभिन्न मानव अधिकार कर्मि र संचार कर्मिको साथले चमार (सिनो बहिष्कार) आन्दोलन अन्नतत् सफल भयो ।
चमार आन्दोलन कसरि तराईमा सफल भयो भन्ने मुख्य सवालमा केहि सत्यता छुपेको छ । लहान चमार आन्दोलनले केहि व्यक्तिलाई पत्रपत्रिकामा हाईलाईट गरियो सप्तरिका वलदेव राम लगायतका लागि चमार अगुवाको रुपमा त्यतिवेल चित्रण गरिएकैहो । बलदेव राम एमाले समर्थित भएकोलेपनि उसैलाई अगुवाको रुपमा विभिन्न मिडिमा अगाडि देखाईयो र सप्तरि का बलदेव रामले अगुवाईपनि गरेको थियो । तत्कालिन एमाले का कार्यकर्ता समेत रहेको विश्वेन्दर पासमान लगायतले चमार (सिनो बहिष्कार) आन्दोलनलाई विभिन्न संघ संस्थासँग भजाए पनि । लहान चमार आन्दोलन एक्कासि पक्कैपनि अकासिएको भने होनन् ।
तराईको जिल्लाहरुमा शिव कुमार महराको अगुवाईमा रविदास समाज निमार्ण चमार जातिको साझा जातिगत सँगठनमार्फत गाउँ गाउँमा सिनो बहिष्कार आन्लोदनको थालनि गरिसकेको थियो । शिव कुमार महराको नेतृत्वमा गा्रमिण भेगमा चमार जातिलाई सँगठित गरि सिनो बहिष्कार आन्दोलन उत्कर्षमा पुरयाईएको बेलानै लहानमा सिनो बहिष्कार आन्दोलन चर्किएको थियो । शिव कुमार महराको नेतृत्वमा चमार जातिको जातिय संगठन रविदास समाजमार्फत गरिने सिनो बहिष्कार आन्दोलनले मिडियामा आउननसक्नुले देखिएन र लहानमा सिनो बहिष्कार आन्दोलन मिडियामा आएर चर्चामा आएको हो । सप्तरिका बलदेव राम को शहरमुखी आन्दोलन शिव कुमार महराहरुको ग्रामिण भेगमा संचालनगरेको आन्दोलन को मिश्रणले चमार आन्दोलनले सफलता चुमेकै हो । अन्ततः नेपालमा संघिय गणतन्त्र स्थापना भएको छ जातिय छुवाछुत मुक्त राष्ट्र घोषणा भईसकेको छ । चमार समुदायको युवा, बुद्धिजिविलगायतले सरकारसँग चमार समुदायको शिप र पेशा लाई औधोगिकरण गरिनुपर्ने, रोजगारको व्यवस्था तथा सम्मान जनक राज्यको हरेका निकायमा पहुचको अभिवृद्धि र क्षतिपुर्ति सहितको समाजिक न्याँय हुनुपनर्,े चमार समुदायलाई समृद्धिको मुलधारमा राज्यले अपनाउनुपर्ने अति आवश्यक छ ।

संजय कुमार महरा
संयुक्त दलित मोर्चा सिरहा जिल्लाका कार्यकर्ता हुन् ।


सेवाग्राहीलाई थप कामकाज सहजताका लागि शहिदनगरपालिका द्वारा कम्प्युटर र प्रिन्टर सहयोग

जनकपुरधाम,भदौ ३ गते । सहिदनगर नगरपालिकाका कान्छो मेयर उदय कुमार बरबरिया यादवले जिल्ला प्रशासन कार्यालयम

नेपालको साख निर्धारण गर्ने तयारी

देशको ‘रेटिङ’ नभएकाले विदेशी लगानी भित्राउन नसकिएको गुनासो उठिरहेका बेला सरकारले देशको साख निर्धारण

जंगली जनावर मार्न दिनुस वा व्यवस्थापन गर्न कृषकहरुको माग

सन्तोष कुमार साह सिरहा,भदौ १ गते । सिराहा जिल्लाको उत्तरी क्षेत्रका कृषकहरूले जंगली जनावर नीलगाईका कारण

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२