क्षीरेश्वरनाथ नगरपालिकाले अपाङ्गता परिचयपत्र दिन सुरु ग¥यो, जितेन्द्रले पाए पहेलोे कार्ड

  • पूर्वाञ्चलएक्सप्रेस सम्वाददाता
  • प्रकाशित मिति: बैशाख 26, 2076
  • 35 पटक पढिएको

जनकपुरधाम,वैशाख २६ गते । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाकाले अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण सुरु गरेको छ। नगरपालिकाका मेयर योगेन्द्र पजियारले क्षीरेश्वरनाथ नगरपालिका ६ का जितेन्द्र कुमार यादवलाई मध्यम अपाङ्ताको वर्ग ‘ग’ ९पहेलो० परिचयपत्र प्रदान गरे। प्रक्रिया पुगेर आएका निवेदन, शारीरिक अवस्था, अस्पतालले दिएको सिफारिस र परिचयपत्र वितरण कार्यविधिको आधारमा परिचयपत्र वितरण गरिएको हो। ‘सरकारले अपाङ्गताको वर्गीकरण गरेको छ,’ मेयर पजियारले भने, ‘हामीले त्यही कार्यविधिले व्याख्या गरेका आधारमा परिचयपत्र वितरण गरेको छौं ।’

मेयर पजियारले पूर्ण अपाङ्गता भएका व्यक्तिलाई नगर आउन असहज भएको बताउँदै आगामी दिनमा सम्बन्धित वडामै पुगेर वितण गरिने बताए । उनले लोक सेवा आयोगको परिक्षाको तयारी गरिरहेका अपाङ्ग यादवलाई परिचय–पत्र प्रदान गर्दै आयोगको अगामी दिनमा हुने परिक्षामा अपाङ्ग तर्फको सिटमा सफल हुनु भनी शुभकामना समेत दिएका थिए । महिला तथा बालबालिका कार्यालय नगरपालिकाको मातहत आएपछि पहिलो पटक नगरले अपाङ्गता भएका व्यक्तिलाई परिचय पत्र वितरण सुरु गरेको हो ।

परिचयपत्र वितरणका लागि आवश्यक कार्यविधि र समिति नबन्दा अपाङ्गता भएका व्यक्तिहरुले परिचयपत्र प्राप्त गर्न सकेका थिएनन्। नगरले अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि २०७५ पारित गरे लगत्तै क्षीरेश्वरनाथ नगरपालिकाका उपमेयर रचना माथेमा९श्रेष्ठ० को संयोजकत्वमा गठित अपाङ्गता परिचयपत्र स्थानीय समन्वय समिति गठन गरेको थियो। समितिले काम थालेसँगै अपाङ्गता परिचयपत्रका लागि कार्यालयमा दर्ता भएका निवेदन माथि छलफल गरेर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उमेश लाल कर्णबाट अपाङ्गता परिचय–पत्र प्रमाणित गरी प्रदान गरिएको जनाए । पेश भएका निवेदन उपर छलफल गरी अपाङ्गता भएका व्यक्तिको उपस्थितिमा परिचयपत्र वितरण गर्ने निर्णय भएको अपाङ्गता परिचय–पत्र वितरण स्थानीय समन्वय समितिका सचिवालयका अधिकृत प्रमोद कुमार घिमिरेले बताएका छन् । सरकारले अपाङ्गता भएका व्यक्तिहरुलाई ४ समूहमा विभाजन गरेको छ । पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिले रातो, अति अशक्त अपाङ्गता भएका व्यक्तिले निलो, मध्यम अपाङ्गता भएका व्यक्तिले पहेँलो र सामान्य अपाङ्गता भएका व्यक्तिले सेतो रंगको परिचयपत्र प्राप्त गर्ने छन्।


सिरहा स्थानियको कुटपिटबाट सैनिक जवानको मृत्यु

MhHDvTKwRAg सिरहा,जेठ ३ गते । स्थानियको कुटपिटबाट सैनिक जवानको मृत्यु भएको छ । बरियारपट्टी गाउँपालिका वडा नं.४ सो

नेपाल टाईम्सले संघीय राजधानीमा

विराटनगर, जेठ २ गते । नेपाल टाईम्स मिडिया प्रालि. द्धारा सञ्चालित प्रदेश नं. १ को पहिलो अनलाइन टेलिभिजनका र

नातेदारलाई जागिर दिएको बिरुद्धमा त्रिवि सेवा आयोग कार्यालयमा तोडफोड संगै तालाबन्दी

काठमाडौँ, वैशाख ३० गते । त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित सेवा आयोगको कार्यालयमा आइतबार दिउँस

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२