मिथिलाञ्चलमा आज जुडशितल पर्व मनाइँदै

  • नरेशचन्द्र बरबरिया
  • प्रकाशित मिति: बैशाख 2, 2076
  • 180 पटक पढिएको

जनकपुरधामवैशाख २ गते । 
नयाँ वर्ष वि.स.२०७६ लाई स्वागत गर्दै आज मिथिलाञ्चलमा जुडशितल मनाइँदैछ । नव वर्षको अवसरमा वैशाख २ गते अर्थात आजको दिन एकाविहानैदेखि बुवाआमा, गुरु, मान्यजन एवं जेष्ठले आफूभन्दा सानालाई शीरमा एवं तालुमा जल सिंचित गर्दै थपथपाएर आर्शिवाद दिने गर्दछन् ।

 

आमाबुबा, हजुरबा, हजुरआमा, काकाकाकी जेष्ठहरुले लोटा र कमण्डलमा पानी लिएर आफ्ना घरपरिवार, छिमेक तथा समाजका आफुभन्दा सानालाई खोजी खोजी अन्जुलीमा जल लिएर तालुमा सिंचित गरी आशिर्वाद दिन्छन् ।

वर्षभरि सितलता, सुख, समृद्धि, शान्ति, दीर्घायु एवं उत्तरोत्तर प्रगति होस् भन्ने ठुलाबडा एवं जेष्ठले आफूभन्दा सानालाई आशिर्वाद दिने गर्छन् भने सानाले पनि आफूभन्दा जेष्ठबाट आशिर्वाद लिने प्रचलन रहिआएको छ । आजका दिन रुखविरुवामा पनि पानी सिंचित गर्नुको साथै खेतबारीमा मलजल गर्ने मिथिलाञ्चलमा परम्परा छ । सूर्यको तापबाट आकुलव्याकुल मानव लगायत रुखविरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य हो । नयाँ वर्षमा जल सिंचित गर्दा बालबालिकाको मस्तिष्कले शीतल हुने र वर्षभरि नै उसले राम्रो काम काम गर्ने जनविश्वास मिथिलाञ्चलमा रहेको छ ।

जुडशितलको अवसरमा मिथिलाञ्चलको विभिन्न स्थानमा होली पर्व जस्तै हिलोपानी खेल्ने गरिन्छ । आज एकदिन पूर्व पकाएको बासी भात चुल्हो देवतालाई चढाउनुको साथै घर घरमा मिष्ठान परिकार भात, दाल, तरकारी, करही बरी, तरुवा, भुजुवा लगायतको भोजन परिकार बनाएर खाने पौरानिक प्रचलन छ । 
आज जुडशितल पर्व मनाउन प्रदेश २ सरकारले सार्वजनिक विदा समेत दिएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्रीले एक विज्ञप्ती जारी गर्दै जुडशितलको अवसरमा वैशाख २ आर्थत आजको दिन प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी गराउनु भएको छ ।


'अब जनताले स्वयंम देश चलाउन सक्छ, यस्ता नेताको जरुरी नै छैन' : बरबरिया

जनकपुरधाम, वैैसाख ९ गते । तत्कालिन माओवादीका अनुभवी एवम् दिग्गज नेता मानिएका योग कुमार बरबरिया (श्रवण बरब

भारतका ४ नेताहरुको निधन

एजेन्सी– श्रीलङ्कामा आइतबार भएका विस्फोटनका घटनाहरुमा परी भारतका ४ नेताहरुको निधन भएको छ । सो घटनामा प

इनारमा डुवेर मृत्यु

बुटवल– सुनसरी घर भई दाङमा मिस्त्री काम गर्दै आएका २० वर्षीय रन्जित मेहेताको सोमवार दिउँसो ३ बजेको समयम

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२