वडा अध्यक्ष र वडासदस्यहरुद्वारा गाउँसभा बहिष्कार

  • नरेशचन्द्र बरबरिया
  • प्रकाशित मिति: बैशाख 1, 2076
  • 166 पटक पढिएको

 वैशाख,१गते । सप्तरीको बलान बिहुल गाउँपालिकाको आर्थिक बर्ष ०७५÷०७६ का लागि आयोजनाको गाउँसभा बैठकमा बिवाद उत्पन्न भएको छ । आर्थिक बर्ष ०७५÷०७६ का लागि शनिवार गाउँपालिका अध्यक्ष दयानन्द गोईतले एक्लौटी रुपमा गाउँसभा गर्न खोजेको भन्दै केही वडाअध्यक्ष र गाउँपालिकाका सदस्यहरुले बैठक बहिष्कार गरि बिरोध जनाएपछि गाउँसभा बिवादित बनेको हो । गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष बैधनाथ यादव र वडा नम्बर ६ का वडाअध्यक्ष सुर्यकुमार मण्डल लगायत वडा सदस्यहरुले गाउँपालिकाका अध्यक्ष गोईतले एक्लौटी रुपमा गाउँसभा गर्न खोजेको भन्दै बिरोध गर्दै परिषद् बहिष्कार गरेका छन् । उनीहरुको बहिष्कार र बिरोधका बाबजुद गाउँसभा सम्पन्न भएको जनाएको छ । गत चैत्र २४ गते गाउँसभाको तयारीका लागि बसेको बैठकले ७ दिनमा गाउँसभा गर्ने र त्यसको सुचना जारी गर्ने निर्णय भएको थियो, वडा नम्बर ६ का वडाअध्यक्ष सुर्यकुमार मण्डलले भने, तर गाउँसभाका बारेमा कुनै सुचना जारी नभएकाले पुनः सुचना जारी गरेर मात्र गाउँसभा गर्नुपर्ने हाम्रो माग हो ।’ तर हाम्रो कुरालाई बेवास्ता गर्दै गाउँपालिका अध्यक्ष गोईतले एक्लौटी रुपमा पेलेर परिषद् गरेकाले आफुहरुले गाउँसभा बहिष्कार गरेको वडाअध्यक्ष मण्डलको कथन छ । आफुहरुलाई बाहिर राखेर गरिएको परिषद्को निर्णय सच्चाउनुपर्ने भन्दै नसच्चाए सशक्त रुपमा बिरोधमा उत्रिने चेताबनी समेत दिईएको छ । बिवादकै कारण लामो समय सो गाउँपालिकाको गाउँसभा हुन सकेको थिएन् ।


सेवाग्राहीलाई थप कामकाज सहजताका लागि शहिदनगरपालिका द्वारा कम्प्युटर र प्रिन्टर सहयोग

जनकपुरधाम,भदौ ३ गते । सहिदनगर नगरपालिकाका कान्छो मेयर उदय कुमार बरबरिया यादवले जिल्ला प्रशासन कार्यालयम

नेपालको साख निर्धारण गर्ने तयारी

देशको ‘रेटिङ’ नभएकाले विदेशी लगानी भित्राउन नसकिएको गुनासो उठिरहेका बेला सरकारले देशको साख निर्धारण

जंगली जनावर मार्न दिनुस वा व्यवस्थापन गर्न कृषकहरुको माग

सन्तोष कुमार साह सिरहा,भदौ १ गते । सिराहा जिल्लाको उत्तरी क्षेत्रका कृषकहरूले जंगली जनावर नीलगाईका कारण

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२