पाँच दिने मेलाको प्रचार प्रसार गरिदिन आग्रह पोखरभिडा पर्सामा पाँच दिने गढीमाई वार्षिक मेलाको आयोजना हुने

  • रोहित कुमार मण्डल
  • प्रकाशित मिति: चैत्र 28, 2075
  • 56 पटक पढिएको

लहान,चैत्र २८ गते । सगरमाथा अञ्चलको प्रमुख व्यपारी केन्द्र सिरहा जिल्ला अन्र्गत रहेको महाकवि विद्धा पतिको गाथासंग गासिएको सिरहा जिल्लाको प्रमुख धार्मिक एवंम ऐतिहासिक पवित्र धार्मिक तिर्थ स्थलहरु मध्येको एक लक्ष्मीपुर पतारी गाँउ पालिका —२ पोखरभिडा पर्सामा पाँच दिने गढीमाई वार्षिक मेलाको आयोजना हुने भएको छ ।
सगरमाथा अञ्चलको प्रमुख व्यपारी केन्द्र लहान बजार देखि करिब ९ किलो मिटर पश्चिम–दक्षिण कुनामा अवस्थीत लक्ष्मीपुर पतारी गाँउ पालिका २ अन्र्गतको रानी लखीमाँ देवी (माँ लाठी बौकी दे गढीमाई सिरहाको धार्मिक एवम ऐतिहासिक पवित्र स्थलहरु मध्येको एक हो । पोखरभिण्डा पर्सामा प्रत्येक वर्ष वर्ष अर्थात वैशाख ९ गते भव्य मेला लाग्ने गर्छन् । यस मेलामा देशको विभिन्न जिल्ला तथा भारतको विहार राज्यबाट समेत दर्शनार्थीहरुको ठूलो घुईचो लाग्ने गर्छ । मेलाको दुई या तिन दिन अगाबै भारतको विहार राज्यबाट ठूलो संख्यामा दर्शनार्थीहरु आएर नजिकै रहेको मा जनता डोमी माध्यमिक बिधालय बास बास बस्ने गरेको मेला समिति मनोज ठाकुरले बताए । भनिन्छ साँचो मनले त्यहाँ जस्ले भाकल गर्दछ उसको मनोकामना पूरा हुने गरिन्छ । मेलाका दिन यस गढीमा भाकल गरे मनोकामना पुरा हुने जनविश्वाश रहेको स्थानीय स्थानिय विजय राय दनुवारले बताउनुभयो ।
हिमाल देखि तराई सम्मका विविधताले अनेकौ स्वाद र रुचिका पर्यटक तान्ने सम्भावना माँ लाठी बौकी गढसंग छ । तर यस्ता पर्यटकीय आर्कषणका धार्मिक एवम सास्कृतिक झल्कने महत्वका यी स्थलहरुको संरक्षणमा नेपाल सरकारले समयमै चासो नदेखाए लोप भई पर्यटकीय आर्कषणको वस्तु पनि हराउन सक्ने अशांका जनता माध्यमिक विद्यालयका निरज कुमार सिंहले व्यतm गर्नुभयो । मेलाका दिन मात्र होईन सर्बै दिन गढको दक्षिण डिलमा रहेको अनुमानित सात सय पुरानो इमली ( तेतइर) बोट तथा मन्दिरमा पूजा तथा दर्शन गर्न आउने दर्शनार्थीको संख्यामा दिन प्रतिदिन बढ्दै गएको अनुभव स्थानीय ज्ञानेन्द्र कुमार रायले बताए । गढ तथा इमलीको धार्मिक एवम ऐतिहासिक महत्वलाई बुझेर नेपाल सरकारले त्यस क्षेत्रमा बाटो घाटोको राम्रो सुविधा र गढको उचित संरक्षण पु¥याउन सके थुप्रै विदेशी पर्यटक आउने र यस क्षेत्रका सर्वसधारणको आर्थिक स्तर समेत माथि उठने स्थानियवासीहरुको भनाई रहेको छ ।
यहि बैशाख ७ गते देखिे बैशाख ११ गते सम्म हुन गई रहेको ५ दिने मेला तथा पर्यटन क्षेत्रको प्रचार प्रसार गरिदिन लक्ष्मीपुर पतारी गाँउ पालिका प्रमुख रामबल्भले साहले संचारकर्मीहरुसंग आग्रह गरेका छन् ।
उनले भने “पतारीमा आर्थिक समृद्धिको प्रसस्त मार्ग छ ,कृषि, पर्यटन, जडिबुटि क्षेत्रको विकास र पूर्वाधार निमार्ण लक्ष्मीपुर पतारीको समृद्धिका अधार हुन” उनले भने सिरहाका संचाकर्मी मित्रलाई आग्रह छ कि ५ दिने मेलाका बारेमा प्रचार प्रसार गरिदिनुस, त्यसबाट सिरहा,सप्तरी, उदयपुर, धनुषा,महोतरी, लगायत सातवटै प्रदेश तथा छिमेकी मुलुक भारतबाट मेलाको अवलोकन गर्न आउनेको संख्या उल्लेख्य मात्र आउने छन् ।
प्रदेश स्तरीय औधौगिक, कृषि, पर्यटन, सांस्कृतिक , सूचना, प्रबिधि तथा व्यापार मेला एवम् समग्र जिल्लाको पहिचान र स्थानिय उत्पादनलाई सातवटै प्रदेशमा पु¥याउने अपेक्षा गरिएको छ ।

 


'अब जनताले स्वयंम देश चलाउन सक्छ, यस्ता नेताको जरुरी नै छैन' : बरबरिया

जनकपुरधाम, वैैसाख ९ गते । तत्कालिन माओवादीका अनुभवी एवम् दिग्गज नेता मानिएका योग कुमार बरबरिया (श्रवण बरब

भारतका ४ नेताहरुको निधन

एजेन्सी– श्रीलङ्कामा आइतबार भएका विस्फोटनका घटनाहरुमा परी भारतका ४ नेताहरुको निधन भएको छ । सो घटनामा प

इनारमा डुवेर मृत्यु

बुटवल– सुनसरी घर भई दाङमा मिस्त्री काम गर्दै आएका २० वर्षीय रन्जित मेहेताको सोमवार दिउँसो ३ बजेको समयम

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२