सामानुपातीक प्रतिनिधीत्वको लागि संविधान संशोधन हुनै पर्छ - उपाध्यक्ष पिठाकोटे

  • न्यूज डेस्क
  • प्रकाशित मिति: चैत्र 25, 2075
  • 78 पटक पढिएको


सिरहा, चैत २५ गते । नेपाल मगर संघका केन्द्रय उपाध्यक्ष कमल पिठाकोटे मगरले पूर्ण सामानुपातीक प्रतिनिधित्वको लागि संविधान संशोधन जरुरी रहेको बताएको छ । सिरहाको गोलबजरमा सम्पन्न नेपाल मगर संघ सिरहाको चौथो जिल्ला सम्मेलनको उद्घाटन गर्दै नेपालको सम्विधानले जनजाती, दलित, मधेसी तथा महिलाहरुलाई सामानुपातीक प्रतिनिधित्वको ग्यारेन्टी गर्न संविधान संशोधन आवश्यक रहेको बताएका हुन् ।
अझैपनि हाम्रो पहिचानको लडाई जारी रहेको भन्दै जसले आफ्नो राष्ट्रिता र पहिचान गुमाउँछ उसको त्यसैदिनबाट अस्तित्व सकिने भन्दै आफ्नो पहिचानको जगेर्ना गर्दा यसलाई स्थापीत गराउन जरुरी रहेको उपाध्यक्ष पीठाकोटीले बताए ।
आजपनि नेपाली जनजातीहरुले राज्यको मूलधारमा जनसंख्याको आधारमा सामानुपतिक प्रतिनिधित्व हुन नसकेको भन्दै त्यसको लागि जनसंख्याको आधारमा प्रतिनीधित्व गराउन जरुरी रहेको जनाए ।
उपाध्यक्ष पीठाकोटीले राज्यसँग आफ्नो माग जारी रहेको भन्दै मगर समूदायले शिक्षामा विशेष जोडदिनु पर्नेपनि जनाए । उनले जिल्ला सम्मेलन सफलताको कामना समेत गरे ।
उद्धाटन कार्याक्रममा गोलबजार नगरपालीकाका उप–प्रमुख रेशम कुमारी थापाले जनजाती महिलाहरुको अवस्था अझै पनि नाजुक रहेको भन्दै उनीहरुलाई पनि मूलधारमा ल्याउने मेहनत गर्न जरुरी रहेको बताए । जनजाती महिलाहरुले नेपाली राजनीतिमा ठूलै योगदान गरेको भएपनि उनीहरुको उचित स्थान पाउन नसकेको जनाए ।
प्रकाश जर्घाको अध्यक्षमाता जिल्ला समिती गठन
सम्मेलनले प्रकाश जर्घा मगरको अध्यक्षतामा २१ सदसिय जिल्ला समिति सर्वसम्मत रुपमा चयन गरेको छ । जसको उपाध्यक्ष राज कुमार बलम्पाकी, सचिव नीर बहादुर आले, सह–सचिव अमर आले र कोषाध्यक्षमा पविता जर्घा मगर सर्वसम्मत चयन भएका छन् ।
सम्मेलनले सदस्यहरुमा रुद्र बहादुर पूर्वछाने, दुर्गा बहादुर बलम्पाकी, अरबीन्द्र थापा, अशोक ल्हायो, नर बहादुर थापा, रम्झना मगर, गणेश मल्ल आले, शेर बहादुर किङ्गरिङ्ग, परमिला थापा, चन्द्रमाया किङ्गरिङ्ग, रमिमाया मगर, राजु पुलामी, टेक बहादुर पुलामी, लिल बहादुर ग्राङजा र रेणुका लुङ्गेली सम्वसम्मत रुपले चयन भएका छन् ।

 


'अब जनताले स्वयंम देश चलाउन सक्छ, यस्ता नेताको जरुरी नै छैन' : बरबरिया

जनकपुरधाम, वैैसाख ९ गते । तत्कालिन माओवादीका अनुभवी एवम् दिग्गज नेता मानिएका योग कुमार बरबरिया (श्रवण बरब

भारतका ४ नेताहरुको निधन

एजेन्सी– श्रीलङ्कामा आइतबार भएका विस्फोटनका घटनाहरुमा परी भारतका ४ नेताहरुको निधन भएको छ । सो घटनामा प

इनारमा डुवेर मृत्यु

बुटवल– सुनसरी घर भई दाङमा मिस्त्री काम गर्दै आएका २० वर्षीय रन्जित मेहेताको सोमवार दिउँसो ३ बजेको समयम

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२