छुवाछुत अन्यकालागि कानुन कार्यान्वमा जोड दिनुपर्छ ः राष्ट्रिय सभा सदस्य विश्वकर्मा

  • न्यूज डेस्क
  • प्रकाशित मिति: चैत्र 24, 2075
  • 141 पटक पढिएको


गोलबजार, चैत २४ गते । राष्ट्रिय सभा सदस्य खिम कुमार विश्वकर्माले नेपाली दलितहरुलाई कानुनले धेरै कुरा दिएपनि कार्यान्वय हुन नसक्दा छुवाछुतको समस्याकामा जस्ताको जस्तै रहेको बताए । नेपाल राष्ट्रिय विश्वकर्मा समाज सिरहाको चौथो जिल्ला सम्मेलन आइतबार उद्घाटन गर्दै दलित अधिकारको विषय संविधान र कानुनमा लेखिएको भएपनि छुवाछुतजस्तो अमानविय व्यवहार कायमै रहेको बताए ।
छुवाछुतजस्ता अमानविय व्यवहार उन्मुलनगर्न कानुन कार्यान्वय गर्नुपर्नेमा विश्वकर्माले विशेष जोड दिए । उनलेभने, ‘हामीसँग प्रयाप्त कानुन छ, त्यसको कार्यान्वयन हुन नसक्दा नेपाली दलितहरु अझैपनि छुवाछुतजस्तो समस्याबाट पीडित हुनु परेको छ, म यही मञ्चबाट कानुन कार्यान्वयनको जोडदार माग गर्दछु ।’ ं
मन्तव्यकै क्रममा राष्ट्रिय सभा सदस्य विश्वकर्माले नेपालका कर्मचारी तन्त्तकै कारण धेरै कानुनहरु कार्यान्वयमा समस्या आएको पनि बताए । उनलेभने, ‘यहाँ कर्मचारी तन्त्र यति हावि छ की भएका कानुहरुपनि उनीहरु कार्यान्वयन गर्न चाहँदैन त्यसैले पनि छुवछुतको समस्यामा रुप परिवर्तन भएपनि कमि आउन सकेको छैन ।’
संविधानले सम्पूर्ण नेपाली जनता समान हुन भनेपनि व्यवहारमा त्यस्तो हुन नसकेको उनको भनाई रहेको थियो । संविधान र कानुनले भनेपनि कायान्वयन पक्ष दलितमैत्री नरहेको उनको भनाई रहेको थियो ।
सोही क्रममा समाजका सल्लाकार संयोजक शिवदयाल विश्वकर्माले दलितहरुमाथि भेदभाव अझै जारी रहेको बताए । उनले छुवाछुतको अवस्था अझैपनि उस्तै रहेको भन्दै विश्वकर्माले भने, अहिले पनि छुवाछुत दलितहरुको प्रमुख समस्या हो, रुपमा छुवाछुत नदेखिएपनि दलितहरुले यसको सामना गर्नुपरिरहेको छ ।’
मन्तव्यकै क्रममा कर्जन्हा नगरपालीका वार्ड नं. ६ का वडा अध्यक्ष चन्द्रभुषण खातीले दलितहरुले आफ्नो सन्ताको शिक्षामा विशेष जोड दिनुपर्ने बताए । उनले कानुन कार्यान्वय गर्ने ठाउँमा दलितहरु नपुगेसम्म यो समस्या समाधान नहुनेभन्दै त्यहाँ पुग्ने जनशक्ति निर्माणमा जोड दिनुपर्ने बताए ।
सम्मेलनमा समाजका सचिव देवाल विश्वकर्माले सांगाठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने, उमेश वरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममको संचालन अर्जुन विश्वकर्माले गरेका थिए ।
सम्मेलन उद्घाटकै क्रममा विश्वकर्मा सामूदायिक भवन निर्माणको लागि जग्गा प्रदान गर्नुहुने गोलबजार नपा ३ जमदह मुसहर्नियाँका संगीता विश्वकर्मालाई दोसल्ला ओडाएर सम्मान गरेका थिए ।
सम्मेलनले उमेश कुमार बरालको अध्यक्षतामा १९ जनाको जिल्ला कार्यसमिति चैन गरेको छ । जसको उपाध्यक्षमा चन्द्रभुषण खाती र गेनीलाल विश्वकर्मा, सचिव देवाल विश्वकर्मा, सह–सचिव अर्जुन विश्वकर्मा र कोषाध्यक्षमा रिक्मा विश्वकर्मालाई चयन गरेको छ । सम्मेलनले शिवदयाल विश्वकर्माको संयोजकत्वमा ७ सदसिय सल्हाकार समिति गठन गरेको समाजले जनाएको छ ।


सेवाग्राहीलाई थप कामकाज सहजताका लागि शहिदनगरपालिका द्वारा कम्प्युटर र प्रिन्टर सहयोग

जनकपुरधाम,भदौ ३ गते । सहिदनगर नगरपालिकाका कान्छो मेयर उदय कुमार बरबरिया यादवले जिल्ला प्रशासन कार्यालयम

नेपालको साख निर्धारण गर्ने तयारी

देशको ‘रेटिङ’ नभएकाले विदेशी लगानी भित्राउन नसकिएको गुनासो उठिरहेका बेला सरकारले देशको साख निर्धारण

जंगली जनावर मार्न दिनुस वा व्यवस्थापन गर्न कृषकहरुको माग

सन्तोष कुमार साह सिरहा,भदौ १ गते । सिराहा जिल्लाको उत्तरी क्षेत्रका कृषकहरूले जंगली जनावर नीलगाईका कारण

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२