हरवा चरवालाई साना व्यापार सञ्चालन गर्न आर्थिक सहयोग

  • न्यूज डेस्क
  • प्रकाशित मिति: चैत्र 22, 2075
  • 65 पटक पढिएको

राजविराज,चैत्र २२गते। हरवा चरवा परिवारका महिलाहरुलाई साना व्यवसायीको माध्यमबाट आत्मनिर्भर बनाउने उद्देश्यले श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीले आर्थिक सहयोग गरेको छ ।

सामाजिक परिचालन तथा शिक्षाको माध्यमबाट हरवा चरवाको सशक्तिकरण कार्यक्रम अन्तर्गत द फ्रिडम फण्डको सहयोगमा सप्तरीको शम्भुनाथ नगरपालिकाको वडा नम्बर २, ३ र ५ का ११ हरवा चरवा परिवारलाई रु. ५ हजारदेखि १० हजारसम्म आर्थिक सहयोग गरेको हो ।

शम्भुनाथ नगरपालिका २ स्थित खोक्सरमा आयोजित हरवा चरवा समस्या समाधान बिषयक अन्तरक्रिया कार्यक्रममा शम्भुनाथ नगरपालिका वडा नम्बर २ का अध्यक्ष दुर्गानन्द भगत, वडा नम्बर ३ का वडाअध्यक्ष सत्रुधन चौधरी र वडा नम्बर ५ का वडाअध्यक्ष हिरण कुमार चौधरीले हरवा चरवा परिवारलाई चेक हस्तारन्तरण गर्नुभयो ।

पुँजी अभावका कारण व्यापार सञ्चालन गर्न नसकिएको भन्दै हरवा चरवा परिवारले आर्थिक सहयोगको माग गरेपछि साबुन व्यापार, तरकारी व्यापार, चटपटे व्यापार, चिया नास्ता पसल सञ्चालन गर्न आर्थिक सहयोग प्रदान गरेको श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीका टिम लिडर बिनोदानन्द चौधरीले जानकारी दिनुभयो ।

श्रीपुर्राज सामुदायिक विकास केन्द्रका अध्यक्ष सुखीलाल चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा शम्भुनाथ नगरपालिका वडा नम्बर २ का भुलकुनदेवी सदालाई रु. ८ हजार, सौबरणदेवी सदा, चन्द्रकलादेवी सदा र सजनीदेवी सदालाई रु. ५-५ हजार तथा वडा नम्बर ३ का रामप्रसाद मण्डललाई रु. १० हजार, बुलन्तीदेवी सदा, फुलोदेवी सदा र हिरालाल मण्डललाई रु. ५-५ हजार आर्थिक सहयोग प्रदान गरेको टिम लिडर चौधरीले बताउनुभयो ।

यस्तै वडा नम्बर ५ का घुरनीदेवी सदालाई रु. १० हजार र शैनकीदेवी सदा तथा रामकुमार मण्डललाई रु. ५-५ का दरले आर्थिक सहयोग गरेको चौधरीको भनाई छ ।

हरवा चरवा परिवारलाई साना व्यवसायी सञ्चालनका लागि सहयोग गरेको रकम दुरुपयोग हुन नदिन शम्भुनाथ नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष दुर्गानन्द भगतको संयोजकत्वमा वडा नम्बर ५ का वडाअध्यक्ष हिरण कुमार चौधरी, वडा ३ का प्रतिनिधी अधिकलाल पासवान, शम्भुनाथ हरवा चरवा अधिकार मञ्चका पलहासदेवी सदा, शिबशक्ति हरवा चरवा अधिकार मञ्चका फुलेश्वर सदा, आधारभुत बिद्यालय मो. असघर, बौधिदेवी दलित आधारभुत बिद्यालयका गोसाई पासवान सदस्य रहेको अनुगमन समिति समेत गठन गरिएको श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीका कार्यक्रम संयोजक शारदा चौधरीले जानकारी दिनुभयो ।


'अब जनताले स्वयंम देश चलाउन सक्छ, यस्ता नेताको जरुरी नै छैन' : बरबरिया

जनकपुरधाम, वैैसाख ९ गते । तत्कालिन माओवादीका अनुभवी एवम् दिग्गज नेता मानिएका योग कुमार बरबरिया (श्रवण बरब

भारतका ४ नेताहरुको निधन

एजेन्सी– श्रीलङ्कामा आइतबार भएका विस्फोटनका घटनाहरुमा परी भारतका ४ नेताहरुको निधन भएको छ । सो घटनामा प

इनारमा डुवेर मृत्यु

बुटवल– सुनसरी घर भई दाङमा मिस्त्री काम गर्दै आएका २० वर्षीय रन्जित मेहेताको सोमवार दिउँसो ३ बजेको समयम

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२