दुई दिवसीय सत्य कबिर संत सम्मेलन प्रारम्भ

  • पूर्वाञ्चलएक्सप्रेस सम्वाददाता
  • प्रकाशित मिति: चैत्र 22, 2075
  • 165 पटक पढिएको

सिरहा, चैत्र । सिरहा नगरपालिका वडा नं. ११ भलुवाहीमा दुई दिवसिय सत्य कबिर सन्त सम्मेलन बिहीबार देखि प्रारम्भ भएको छ । सिरहा नगरपालिका वडा नं. ११ भलुवाही निवासी सन्त राम दयाल दास तथा सम्मस्त ग्रामवासीको आयोजनामा अचार्य गुरु सुरेश साहेव अचार्य, मुल गढी रोसडा एवं माय साहेब सुन्दरपुर के सानिध्य तथा सदगुरु श्याम साहेब ललमनियाँ को संरक्षणमा करिब ५०० सय संख्या महिला, पुरुष तथा अन्य भक्तजनहरु कमला नदीबाट जलउठाई भलुवाही सन्त साहेब राम दयाल दासले गरेको आयोजना स्थलमा कलश ल्याश ल्याई सन्त सम्मेलनको शुभारम्भ भएको सत्य कबिर सन्त सम्मेलन आयोजनका स्वयंम सेवक कपिल देब दास (कामती) ले बताएकाछन् ।

कविर दर्शन संसारमै भिन्न रहेको, सत्य, अहिंसा, प्रेम र एकता प्रवद्र्धनमा केन्द्रित रहेको उनका अनुयायी तथा आयोजक महात्मा रामदयाल कामती बताउँछन् । समझदारी, जिम्मेवारी, इमान्दारी र बहादुरी आत्मसाथ गरी सहज र सरल जीवन जीउन उत्प्रेरित गरेको महात्मा रामदयालको भनाई छ ।

मानवीय एकता, सामाजिक समता, कुरुति विरुद्ध भण्डाफोर र प्राणीमा सद्भावको वृद्धि आजको आवश्यकता रहेको सदगुरु श्याम साहेवले बताए ।

समाज विकृत भईरहँदा कविर साहेबको दर्शनलाई परिपक्कताका साथ अपनाउँदै समाजलाई सभ्य बनाउनु पर्ने जरुरी भएको उनको भनाई छ । सन्त सम्मेलन चैत्र २१ र २२ गते भव्यताका साथ सम्पन्न हुने भएको छ । सम्मेलनमा चैत्र २१ गते अपरान्ह ४ बजे विभिन्न धार्मिक प्रवचन कार्यक्र हुदै शुक्रबार ८ बजे देखि कबिर नाटक गरी कबिर पन्थबारे प्रकाश परिने प्रर्दशन समेत गर्दै २२ गते शुक्रबार समापन हुने छ भनी आयोजकका प्रतिनिधी बिष्णुदेब कामतीले बताएकाछन् ।


सेवाग्राहीलाई थप कामकाज सहजताका लागि शहिदनगरपालिका द्वारा कम्प्युटर र प्रिन्टर सहयोग

जनकपुरधाम,भदौ ३ गते । सहिदनगर नगरपालिकाका कान्छो मेयर उदय कुमार बरबरिया यादवले जिल्ला प्रशासन कार्यालयम

नेपालको साख निर्धारण गर्ने तयारी

देशको ‘रेटिङ’ नभएकाले विदेशी लगानी भित्राउन नसकिएको गुनासो उठिरहेका बेला सरकारले देशको साख निर्धारण

जंगली जनावर मार्न दिनुस वा व्यवस्थापन गर्न कृषकहरुको माग

सन्तोष कुमार साह सिरहा,भदौ १ गते । सिराहा जिल्लाको उत्तरी क्षेत्रका कृषकहरूले जंगली जनावर नीलगाईका कारण

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२