मोफसलका म्युजिक भिडियोहरुमा ब्यस्त प्रदिप

  • न्यूज डेस्क
  • प्रकाशित मिति: चैत्र 21, 2075
  • 617 पटक पढिएको

 

सिरहा । सानै देखी नाच्न खुवै रहर गर्थे सिरहा, कर्जन्हा नगरपालिका ४ का ३३ बर्षिय प्रदिप कुमार रसाईली । स्कूल पढ्न थाले पछि सानो हुँदा पलाएको नाच्ने रहरले उनलाई मेलापातहरुमा नाच्न नृत्यकार बनायो उनलाई । एसएलसी पास गरेपछि त उनले सिरहा, धनुषा, महोतरी, उदयपुर जिल्लाहरुमा आयोजना हुने साँस्कृतिक कार्यक्रमहरुमा नृत्य प्रस्तुतीहरु दिन थाले । अहिले तिनै प्रदिप म्युजिक भिडियोका उदयिमान नृत्य निर्देशकका रुपमा चिनिन्छन् ।
मोफसलका चर्चित निर्देशकका रुपमा परिचित रहेका प्रदिपले हाल सम्म सयौं म्युजिक भिडियोहरु निर्देशन गरेका छन् । केही चर्चित मैथिली भोजपुरी गितहरुको म्युजिक भिडियोको पनि निर्देशन गरेका छन् । उनले केही निजि विद्यालयहरुमा नृत्य प्रशिक्षक भएर काम समेत गरेका थिए ।
गाउँघरहरुको साँस्कृतिक कार्यक्रमहरुमा नाच्दानाच्दै नेपाली चलचित्र उद्योगमा स्थापित हुने सपना बोकेर उनि काठमाण्डौ हानिए । चलचित्रहरुमा मुख्य कलाकारहरुको पछाडी नाच्ने (कोरस डान्सर) का रुपमा काम गरे । सिने उद्योगमा आफ्नो भविष्य नदेखे पछि उनि म्युजिक भिडियोमा लागे ।
प्रदिपले म्युजिक भिडियोमा मोडलिङमात्रै गरेका छैनन्, थुप्रै म्युजिक भिडियोमा निर्देशन समेत गरेका छन् । देशका नाम चलेका कलाकारहरुको गीतमा म्यूजकि भिडियो बनाएका उनि अहिले मैथिली म्युजिक भिडियोहरुका ब्यस्त निर्देशक हुन् ।
नेपाली फिल्म उद्योगका नाम चलेका नृत्य निर्देशकहरु बसन्त श्रेष्ठ, हिम ग्याल्बो लामा “टाँसी” सँग लामो समय काम गरेका रसाइलीले भारतको गोरखपुरस्थित नाट्यश्वरी कला केन्द्रबाट क्लासीकल डान्स सिकेका छन् ।
सिंगापुर र थाइल्याण्डमा भएको मिज्यूक भिडियो बेष्ट कोरीयो ग्राफर डाइरेक्टरबाट पुरस्कीत उनी नेपालमा पनि विभिन्न पुरस्कारहरुबाट सम्मानित भएका छन् ।

 


सेवाग्राहीलाई थप कामकाज सहजताका लागि शहिदनगरपालिका द्वारा कम्प्युटर र प्रिन्टर सहयोग

जनकपुरधाम,भदौ ३ गते । सहिदनगर नगरपालिकाका कान्छो मेयर उदय कुमार बरबरिया यादवले जिल्ला प्रशासन कार्यालयम

नेपालको साख निर्धारण गर्ने तयारी

देशको ‘रेटिङ’ नभएकाले विदेशी लगानी भित्राउन नसकिएको गुनासो उठिरहेका बेला सरकारले देशको साख निर्धारण

जंगली जनावर मार्न दिनुस वा व्यवस्थापन गर्न कृषकहरुको माग

सन्तोष कुमार साह सिरहा,भदौ १ गते । सिराहा जिल्लाको उत्तरी क्षेत्रका कृषकहरूले जंगली जनावर नीलगाईका कारण

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२