बिद्युत चुहाबट ६ प्रतिशतले घट्यो

  • न्यूज डेस्क
  • प्रकाशित मिति: चैत्र 14, 2075
  • 144 पटक पढिएको

लहान,चैत्र १४ गते । बिद्युत चुहाबट नियन्त्रण अभियान सञ्चालन भएपछि आर्थिक बर्ष ०७५-०७६ को ७ महिनाको अबधीमा सिरहाको लहान क्षेत्रमा करिब ६ प्रतिशत बिद्युत चुहाबटमा कमी आएको छ ।
बिद्युत प्राधिकरण वितरण केन्द्र लहानले चुहाबट नियन्त्रणका लागि अभियान सञ्चालन गरेपछि चुहाबट २८ दशमलव ६० प्रतिशतमा झरेको हो ।
गत आर्थिक बर्ष ०७४-०७५ सम्म करिब ३४ दशलव ८८ प्रतिशत बिद्युत चुहाबट हुँदै आएकोमा आर्थिक बर्ष ०७५-०७६ को साउनदेखि माघ सम्ममा करिब ६ प्रतिशत बिद्युत चुहाबट घटेको बिद्युत प्राधिकरण बितरण केन्द्र लहानका प्रमुख बिष्णु प्रसाद यादवले जानकारी दिनुभयो ।
यस्तै समयमा बिद्युतको महसुल नबुझाउने ३३३ जना ग्राहहरुको बिद्युत लाईन काट्दा रु.९९ लाख ६४ हजार ४११ बाँकी बक्यौता रकम संकलन भएको प्रमुख यादवको भनाई छ ।
त्यस्तै बिद्युत प्राधिकरण बितरण केन्द्र लहानले सो अबधीमा हुकिङ्ग गरि बिद्युत चुहाबट गर्ने ४१६ जनालाई पक्राउ गरि जरिवाना बापत रु। ५० लाख २९ हजार राजस्व संकलन भएको जनाएको छ ।
सो क्रममा २५५ थान बिद्युत उपकरणहरु समेत बरामद् गरिएको प्रमुख यादवले बताउनुभयो । त्यस्तै बिद्युत मिटरबाट बिद्युत चोरी गर्ने १३ जनामाथि कार्वाही गरि रु. २० लाख ४९३ राजस्व संकलन गरिएको बिद्युत प्राधिकरण बितरण केन्द्र लहानले जनाएको छ ।


रौतहटमा शिर्ष नेताको हेलिकप्टरमै बसेर अनुगमन

अमित ठाकुर रौतहट,साउन ०१गते। रौतहटमा गत सनिवार अाएको बिनाशकारी बाढीले रौतहट पुरै पिडाले भरिएको ठाउँमा का

बाढीपीडितको सहारा बन्दै राज्य मन्त्री यादव

अमित ठाकुर रौतहट,साउन ०१ गते।देशभरी लगातार बर्षाले गर्दा लालबकैया र बागमतीको बाढीको पानीको कारण डुवानमा

दक्षिणी एसियाका करिब ६० लाख नागरिकलाई बाढीको खतरा

सिरहा, साउन ०१ गते। दक्षिणी एसियाका करिब साठी लाख नागरिकलाई बाढीको खतरा रहेको पाइएको छ । मनसुनी वर्षा र यस

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२