सिके राउतको पार्टीको नाम जनमत पार्टी राख्ने

  • न्यूज डेस्क
  • प्रकाशित मिति: चैत्र 4, 2075
  • 137 पटक पढिएको

सिरहा,चैत्र४ गते । सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको लहानमा सम्पन्न बैठकले पार्टीको नाम ‘जनमत पार्टी’ राख्ने निर्णय गरेको छ । सरकारसँग भएको ११ बुद्दे सहमतिपछि पहिलो पटक दुई दिनसम्म लहानमा चलेको गठबन्धनको राष्ट्रिय परिषद् बैठकले पार्टीको नाम फेरेर जनमत पार्टी राख्ने निर्णय गरेको हो । यसअघि राउत समूह ‘स्वतन्त्र मधेस गठबन्धन’ का नाममा सक्रिय थियो । पार्टीको अध्यक्ष सीके राउतलाई चयन गरेको बैठक पछि पार्टीका केन्द्रीय सदस्य अब्दुल खानले आज जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख छ । पार्टीको केन्द्रीय कमिटी ३५ सदस्यीय रहने र पार्टीको झण्डा रातो, सेतो र हरियो रङको ठाडो धर्काको बीचमा बीचको सेतो स्ट्रीपमा रातो रङको अष्टदल रहने निर्णय गरिएको बिज्ञप्तीमा उल्लेख छ । यस्तै चुनाव चिन्हमा ‘अष्टदल’ राख्ने गरी निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको पनि खानद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ । आयोगमा दर्ता भएपछि हाल कायम रहेको केन्द्रीय समिति थप विस्तार गरिने जनाएको छ । बैठकले सरकारसँग भएको सहमति अनुरुप स्वतन्त्र मधेश गठबन्धनका नेता कार्यकर्तामाथि लगाईएको मुद्दा फिर्ता लिनका लागि पहल गर्न चन्दन सिंहको संयोजकत्वमा ३ सदस्यीय सहमति कार्यान्वयन समिति गठन समेत गरेको छ । साथै पार्टीको गठनसँगै जनमत जुटाउन जनतामा जाने र जनताबाटै संबैधानिक रुपमा जनताको समस्या, माग हकहित रअधिकारका लागि अनबरत रुपमा समर्पित र निःस्वार्थ रुपमा संघर्ष गर्ने प्रतिबद्धता बैठकमा जाहेर भएको बिज्ञप्तीमा उल्लेख छ ।


रौतहटमा शिर्ष नेताको हेलिकप्टरमै बसेर अनुगमन

अमित ठाकुर रौतहट,साउन ०१गते। रौतहटमा गत सनिवार अाएको बिनाशकारी बाढीले रौतहट पुरै पिडाले भरिएको ठाउँमा का

बाढीपीडितको सहारा बन्दै राज्य मन्त्री यादव

अमित ठाकुर रौतहट,साउन ०१ गते।देशभरी लगातार बर्षाले गर्दा लालबकैया र बागमतीको बाढीको पानीको कारण डुवानमा

दक्षिणी एसियाका करिब ६० लाख नागरिकलाई बाढीको खतरा

सिरहा, साउन ०१ गते। दक्षिणी एसियाका करिब साठी लाख नागरिकलाई बाढीको खतरा रहेको पाइएको छ । मनसुनी वर्षा र यस

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२