हरुवा चरुवा लक्षित योजना बनाउने जनप्रतिनिधिहरुको प्रतिबद्धता

  • न्यूज डेस्क
  • प्रकाशित मिति: चैत्र 3, 2075
  • 103 पटक पढिएको

राजविराज, चैत्र ३गते। हरवा चरवाहरुलाई लक्षित गरि योजना बनाउने सप्तरीको शम्भुनाथ नगरपालिकाका जनप्रतिनिधिले प्रतिबद्धता व्यक्त गरेका छन् । सामाजिक परिचालन तथा शिक्षाको माध्यमबाट हरवा चरवाको सशक्तिकरण कार्यक्रम अन्तर्गत द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीद्वारा शम्भुनाथ नगरपालिका ७ को वडा कार्यालयको सभाहलमा आयोजित हरवा चरवाको बसोबास र शिक्षा बिषयक अन्तरक्रियामा सहभागि जनप्रतिनिधिहरुले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । कार्यक्रममा शम्भुनाथ नगरपालिकाका प्रमुख योगेन्द्र प्रसाद चौधरीले हरवा चरवाहरुको समस्यालाई पहिचान गरि समाधान हुने खालको योजनाहरु बनाउने प्रतिबद्धता व्यक्त गर्दै नगरका बिभिन्न वडाहरुमा रहेका हरवा चरवा परिवारमा नागरिकता, शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या अझै रहेकाले त्यसलाई गम्भीर रुपमा लिएको बताउनुभयो । श्रीपुर्राज सामुदायिक विकास केन्द्रका अध्यक्ष सुखीलाल चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा शम्भुनाथ नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष इनरदेव साह, २ का वडाअध्यक्ष दुर्गानन्द भगत, ३ का वडाअध्यक्ष सत्रुधन चौधरी, वडा नम्बर ५ का वडाअध्यक्ष हिरण प्रसाद चौधरी, वडा नम्बर ६ का मो. याकुब, ७ का गोपाल प्रसाद चौधरी, वडा नम्बर १० का पतिराम सदा लगायतका जनप्रतिनिधिहरुले आ–आफ्ना वडाका हरवा चरवाहरुलाई सम्बोधन हुने गरि योजना तथा कार्यक्रम बनाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो कार्यक्रममा जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत सुभाष कुमार मण्डल, शम्भुनाथ नगरपालिकाका महिला विकास अधिकृत सुशिला चौधरी, हरवा चरवा अधिकार मञ्चका अध्यक्ष दर्शन मण्डल, दलित आधारभुत विद्यालयका प्रअ गोसाई पासवान लगायतले हरवा चरवा परिवारमा भुमिहिनता र नागरिकताको समस्या अझै भयाबह रहेकाले त्यसलाई सम्बोधन गर्न सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो । सो अवसरमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रकी कार्यक्रम संयोजक शारदा चौधरीले बिगतका बर्षहरुमा शम्भुनाथ नगरपालिकाको २, ३ र ५ नम्बर वडामा मात्र हरवा चरवा लक्षित कार्यक्रम सञ्चालन गर्दै आएकोमा यसबर्षदेखि नगरपालिकाको सबै वडाहरुमा हरवा चरवा सशक्तिकरण कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । स्थानिय तहका जनप्रतिनिधि लगायतसँग सहकार्य गरि कार्यक्रम सञ्चालन गर्न लागेकोले सहयोगक गर्न आग्रह गर्नुभयो ।


रौतहटमा शिर्ष नेताको हेलिकप्टरमै बसेर अनुगमन

अमित ठाकुर रौतहट,साउन ०१गते। रौतहटमा गत सनिवार अाएको बिनाशकारी बाढीले रौतहट पुरै पिडाले भरिएको ठाउँमा का

बाढीपीडितको सहारा बन्दै राज्य मन्त्री यादव

अमित ठाकुर रौतहट,साउन ०१ गते।देशभरी लगातार बर्षाले गर्दा लालबकैया र बागमतीको बाढीको पानीको कारण डुवानमा

दक्षिणी एसियाका करिब ६० लाख नागरिकलाई बाढीको खतरा

सिरहा, साउन ०१ गते। दक्षिणी एसियाका करिब साठी लाख नागरिकलाई बाढीको खतरा रहेको पाइएको छ । मनसुनी वर्षा र यस

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२