लहानमा सिके राउतको गोप्य बैठक, प्रहरी र पत्रकारलाई निषेध

  • पत्रपत्रिका
  • प्रकाशित मिति: चैत्र 3, 2075
  • 108 पटक पढिएको

लहान,चैत ३ गते । सरकारसँग फागुन २४ गते भएको ११ बुँदे सहमतिको विषयमा छलफल गर्न सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको राष्ट्रिय परिषद् बैठक सिरहाको लहानमा शुरु हुँदैछ। गठबन्धनका तर्फबाट संयोजक राउतले सरकारसँग गरेको ११ बुँदे सहमतिपछि अगामी रणनीतिको विषयमा छलफल गर्न परिषद् बैठक बोलाएको बताएका छन्।

बैठकमा तराई मधेस अन्तर्गत हरेक जिल्लाका दुईदेखि तीन जना र गठबन्धनका केन्द्रीय पदाधिकारीसहित करिब ९० जना सहभागी हुने छन्। लहान नगरपालिका ७ स्थित मारवाडी सेवा सदनको सभाकक्षमा हुने बैठकमा सहभागी हुन राउत आइतबार मध्यान्ह लहान आइपुग्ने कार्यक्रम छ। बैठकमा सहभागीलाई सदनमै खाने बस्ने व्यवस्था गरिएको छ।

बैठकमा सहभागी हुन आउने हरेकलाई आफ्नो नागरिकता अनिवार्य गरिएको भनिए पनि त्यसको पुष्टि भने भएको छैन। प्रहरी र सञ्चारकर्मीलाई पनि बन्देज बैठक स्थलभित्र प्रहरी तथा सञ्चारकर्मीलाई पनि प्रवेश निषेध गरिएको छ। सदनको मूल गेटमा कालो चस्मा र मास्क लगाएर बसेका गठबन्धनका कार्यकर्ताले विभिन्न जिल्लाबाट आएका कार्यकर्ताहरुको झोला, शरीर खानतलासी गरी आधिकारिक परिचय पत्र देखाएपछि मात्र प्रवेश गर्न दिएका छन्।सभार थाहाखबरबाट


सेवाग्राहीलाई थप कामकाज सहजताका लागि शहिदनगरपालिका द्वारा कम्प्युटर र प्रिन्टर सहयोग

जनकपुरधाम,भदौ ३ गते । सहिदनगर नगरपालिकाका कान्छो मेयर उदय कुमार बरबरिया यादवले जिल्ला प्रशासन कार्यालयम

नेपालको साख निर्धारण गर्ने तयारी

देशको ‘रेटिङ’ नभएकाले विदेशी लगानी भित्राउन नसकिएको गुनासो उठिरहेका बेला सरकारले देशको साख निर्धारण

जंगली जनावर मार्न दिनुस वा व्यवस्थापन गर्न कृषकहरुको माग

सन्तोष कुमार साह सिरहा,भदौ १ गते । सिराहा जिल्लाको उत्तरी क्षेत्रका कृषकहरूले जंगली जनावर नीलगाईका कारण

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२