सामाजिक गतिविधिमा सहभागिता बढाउँदै मुसहर

  • पत्रपत्रिका
  • प्रकाशित मिति: फाल्गुन 26, 2075
  • 58 पटक पढिएको

बर्दिवास, फागुन २६ गते । पुस्तौंदेखि ंगरीबी, अशिक्षा र सामाजिक विभेदले गाँजेका महोत्तरी जिल्लाका मुसहर जाति अब सामाजिक, आर्थिक र शैक्षिक गतिविधिमा सरिक हुँदैगएका छन् ।

‘न साँच्ने धन, न राख्ने अन्न’ आहानमा उभ्याइने मुसहर अब बाक्लै सामाजिक, आर्थिक र शैक्षिक गतिविधिमा सरिक हुन लागेको देखिन्छ । भर्खर एकसाता पहिलेमात्र बर्दिवास नगरपालिका–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका बिल्टु सादा मुसहर र उहाँकै कान्छा भाइ मञ्जे सादा मुसहरले चितवनमा निर्माण हुने गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माणमा सहयोग भन्दै धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेललाई पाँच÷पाँचहजारका दरले हस्तान्तरण गर्नुभयो ।

कृषि मजदूरी गरेर जीवनयापन गर्दै आएका बिल्टु पछिल्ला केही वर्षयताभने ठेक्कामा जग्गा लिएर खेतीबाट अर्थोपार्जन गरेर सहकारीमा रकम जम्मा गर्न थाल्नुभएको छ । त्यसैगरी, उच्च शिक्षाआर्जन गर्न थालेका सो बस्तीका मञ्जे सादा पनि आफ्नै बस्ती वरिपरी ट्युशन पढाएर रकम आर्जन गर्दै हुनुहुन्छ ।

यसैबीच यसै साता जिल्लाकै भङ्गाहा नगरपालिका–६ जमुनियाँका मुङ्गीलाल सादाले आफ्नो बस्तीमा प्रहरीचौकी भवन निर्माणका लागि एक÷एक पैसा सञ्चय गरेर किनेको जग्गा नै दान गर्नुभयो । मुसहर जातिका यी अगुवा सामाजिक गतिविधिमा सक्रिय सरिकता बढउँदै जानु सबैका लागि अनुकरणीय हुने भङ्गाहा–१ कै स्थायी बासिन्दा समाजशास्त्री शिवराज दाहाल बताउनुहुन्छ ।

‘‘मुसहर भनेपछि कृषि कामका लागि बनीबुतो गरेर जीवनयापन गर्ने खास जाति बुझिन्छन्’’ दाहालले भन्नुभयो, ‘‘तर, अब विस्तारै मुसहर समाजका विभिन्न रचनात्मक गतिविधिमा सरिक हुन लागेका देखिएको छ, यसले सकारात्मक सन्देश प्रवाह गर्दैछ ।’’

स्वयं मुङ्गीलाल पनि आपूmले प्रहरीचौकी निर्माणमा केही सहयोग गर्न पाएकोमा खुशी हुनुहुन्छ । ‘‘हाम्रो जमुनियाँ चोकमा चोरी डकैतीलगायतका अपराधिक गतिविधि बढे, त्यसको नियन्त्रणका लागि यहाँ स्थापित प्रहरी चौकीलाई दिगो राख्न भवन निर्माणका लागि लक्ष्मेश्वरजी र मैले जग्गादान गरेका हौं ।” सो बस्तीका मुङ्गीलाल सादा र लक्ष्मेश्वर यादवले यसैसाता गत बुधबारमात्र प्रहरीचौकी जमुनियाँको नाउँमा पाँच कठ्ठा १२ धुर जग्गा पास गरेर सोको जग्गाधनी प्रमाणपूर्जा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीलाई हस्तान्तरण गर्नुभएको थियो ।

पछिल्ला केही वर्षयता जिल्लाका सामुदायिक विद्यालयमा पनि मुसहर बालबालिका भर्ना हुने क्रम बढेको छ । उज्यालो भयो कि काँधमा कोदालो भिरेर मुसा मार्न खेतचउर र वन पस्ने मुसहर बालबालिका अब विद्यालय आउन थालेका बर्दिवास–२ स्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक दिलीप तिवारी बताउनुहुन्छ । आफ्नो विद्यालयमा अहिले १५० भन्दा बढी मुसहर बालबालिका पठनपाठन गरिरहेका प्रधानाध्यापक तिवारीको भनाइ छ ।

भङ्गाहा–४ रामनगरको राष्ट्रिय आधारभूत विद्यालयमा पनि १०० भन्दा बढी मुसहर बालबालिका नियमित पढ्न आइरहेको सो विद्यालयका प्रधानाध्यापक रघुवीर साहले जानकारी दिनुभयो ।

आपूmहरुको पछौटेपनप्रति राज्यसँग कुनै गुनासो नगर्ने मुसहर अब भने आफ्ना अवसरबारे सचेत हुँदै गएका छन् । स्थानीय तह, सरकारी निकाय र स्वास्थ संस्थामा अब सेवा लिन पुग्ने र पाउनुपर्ने सेवाबारे नयाँ पुस्ताका मुसहरमा निकै चासो बढ्न थालेको इलाका प्रशासन कार्यालय बर्दिवासका प्रमुख विमल भट्टराई बताउनुहुन्छ ।

विद्यालयमा नानी पढ्न पठाउने, आफ्ना नानीको पठनपाठन रुचिबारे शिक्षकसँग सोधपुछ गर्ने, स्वास्थ्य संस्थामा उपचार लिन जाने, स्थानीयतहमा आफ्नो समुदायका लागि गरिएका खास व्यवस्थाबारे मुसहरले जानकारी लिन थालेको यहाँका बुद्धिजीवीले नियालेका छन् । यसबाहेक अब अर्थोपार्जनका विभिन्न विकल्पको खोजी गर्दै सक्रिय हुने, रकम सञ्चय गर्ने र सामाजिक गतिविधिमा बढ्दो सहभागिताले मुसहर जातिको उत्थानमा बल पुग्दै गएको बर्दिवास जनता बहुमुखी क्याम्पस बर्दिवासका प्रमुख तोपबहादुर ठकुरी बताउनुहुन्छ ।

जिल्लामा अहिले करीब तीन हजारभन्दाबढी मुसहरको सङ्ख्या रहेका छन् । राष्ट्रिय जनगणना २०६८ का अनुसार जिल्लामा दुईहजार ३०० मात्र मुसहरको जनसङ्ख्या रहेको उल्लेख छ । तर ती समुदायमा माध्यमिक तह पास गर्नेको सङ्ख्या भने १५ कटेको छैन । उच्च शिक्षा अध्ययन थालेका त एक हातको औंलामै गन्न सकिने जिल्ला समन्वय समिति महोत्तरीका संयोजक सुरेशप्रसाद सिंह बताउनुहुन्छ । तर, पछिल्लो समय मुसहर जातिमा बढेको सामाजिक जागरणले चाँडै सकारात्मक फड्को मार्ने आस जगाएको सिंहको भनाइ छ ।


सिरहा स्थानियको कुटपिटबाट सैनिक जवानको मृत्यु

MhHDvTKwRAg सिरहा,जेठ ३ गते । स्थानियको कुटपिटबाट सैनिक जवानको मृत्यु भएको छ । बरियारपट्टी गाउँपालिका वडा नं.४ सो

नेपाल टाईम्सले संघीय राजधानीमा

विराटनगर, जेठ २ गते । नेपाल टाईम्स मिडिया प्रालि. द्धारा सञ्चालित प्रदेश नं. १ को पहिलो अनलाइन टेलिभिजनका र

नातेदारलाई जागिर दिएको बिरुद्धमा त्रिवि सेवा आयोग कार्यालयमा तोडफोड संगै तालाबन्दी

काठमाडौँ, वैशाख ३० गते । त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित सेवा आयोगको कार्यालयमा आइतबार दिउँस

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२