४६ बर्ष पहिला राजतन्त्र भगाई गणतन्त्र ल्याउँदा म पनि रौतहटबाट समातिएका थिए प्र.म अोली। रौतहट

  • अमित ठाकुर
  • प्रकाशित मिति: फाल्गुन 26, 2075
  • 103 पटक पढिएको

राैतहट,फागुन २५ गते। २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टी ४६ अहिले नेपालकै टप पार्टीको रुपमा चिन्न थालेका छन।अहिले नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी एकता बनाई बहुमतको सरकार बनाउनमा सफल भएको अाउने दिनमा पनि यस्तै निरन्तर रहने प्रधानमन्त्री मा. केपी शर्मा अोलीले जनाएको छ। एकता पछि बहुमतको सरकार बन्दा अाउने दिनमा नयाँ नेपाल बनाएर हेराउने अाफ्नो प्रतिबध्ता दिएको छन। पार्टी एकता पछि अहिलेको बहुमतको सरकारले तराईमाको बिकाशमा विशेष ध्यान दिएको प्र.म अोलीले जनाएको छ। अाउने दिनमा राजधानी सम्म पुर्याउने बिधुतीय रेल अाउने अाफ्नो प्रतिबद्धता दिएको छन।प्रदेश नंबर २ ले सुरु गरेको बेटी बचाउ बेटी पढउ अभियानलाई स्वागत गर्दै यो अभियान सातौं प्रदेशमा लागू गराउने जनाएका छन।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिस्ट आन्दोलनमा तराईबासीको महत्वपूर्ण योगदान रहेको बताउनु भएको छ । रौतहटको गरुडामा आयोजित बृहत्त आमसभालाई सम्बोधन गर्दै दाहालले मुलुकमा भएका परिवर्तनमा यहाँका जनाताले ठूलो भुमिका खेलेको बताउनुभयो । नेकपाको एकतापछि विभिन्न भ्रमहरु छर्ने र नेपालको वामपन्थी आन्दोलनलाई तुहाउने प्रपञ्च भएको बताउँदै उहाँले त्यस्ता तत्वहरु सफल नहुने ठोकुवा गर्नुभयो । प्रदेश नम्बर २ एक समृद्ध प्रदेश रहेको बताउँदै दाहालले यहाँको औधोगिक क्षेत्र विकासलाई प्रोत्साहन गर्दै लैजानुपर्ने औँल्याउनुभयो । दाहालले भन्नुभयो– ‘प्रदेश २ सम्भावनाको खानी हो,मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउने सरकारी लक्ष्यमा सबैले सहयोग गरौँ ।’ हत्याहिंसा, आन्दोलनले आक्रान्त भएको मुलुकमा अब विचारको लडाइँ मार्फत परिवर्तन गर्नुपर्ने उहाँको भनाइ छ। तराईका विखण्डनकारी गतिविधि गर्दै आएका समुहहरुलाई वार्तामा ल्याएर सरकारले सहमतिको प्रयास गरेको प्रचण्डको धारणा छ ।उहाँले थप्नुभयो– ‘सबै बिषयलाई सामान्य ढंगले मात्रै नबुझी त्यसको दीगो विकास र असरलाई सबैले आत्मसात गर्नुपर्ने हुन्छ ।’अाम सभामा प्रदेश नंबर २ का अाठौं जिल्लाबाट कम्युनिस्ट पार्टीको कार्याकर्ता सहित लाखौं ब्यक्तिको उपस्थिति रहेको थियो। सो अाम सभा कार्यक्रममा मा. प्रभु साह, मा.रेखा झा, प्रदेश सांसद कुन्दन कुशवाहा सहित उपस्थिति रहेको थियो।


रौतहटमा शिर्ष नेताको हेलिकप्टरमै बसेर अनुगमन

अमित ठाकुर रौतहट,साउन ०१गते। रौतहटमा गत सनिवार अाएको बिनाशकारी बाढीले रौतहट पुरै पिडाले भरिएको ठाउँमा का

बाढीपीडितको सहारा बन्दै राज्य मन्त्री यादव

अमित ठाकुर रौतहट,साउन ०१ गते।देशभरी लगातार बर्षाले गर्दा लालबकैया र बागमतीको बाढीको पानीको कारण डुवानमा

दक्षिणी एसियाका करिब ६० लाख नागरिकलाई बाढीको खतरा

सिरहा, साउन ०१ गते। दक्षिणी एसियाका करिब साठी लाख नागरिकलाई बाढीको खतरा रहेको पाइएको छ । मनसुनी वर्षा र यस

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२