सात कराेडकाे लागतमा बनेका बसपार्क सञ्चालन हुन सकेन

  • न्यूज डेस्क
  • प्रकाशित मिति: फाल्गुन 23, 2075
  • 115 पटक पढिएको

लहान, फागुन २३गते । लहान नगरपालिका ३ मा निर्माणमा भएको बसपार्क १४ बर्ष बितिसक्दाँपनि सञ्चालन नहुदाँ राजमार्गमै सबारी साधनहरु अव्यस्थित तरिकाले पार्किङ्ग गर्न बाध्य छन् । सम्बन्धित निकायको उदासिनताका कारण गत २०६१ सालदेखि निर्माण शुरु गरिएको बसपार्कमा अधिकांश भौतिक पुर्वाधार निर्माण सम्पन्न भईसकेपनि सञ्चालन नहुदाँ लामो तथा छोटो दुरीमा चल्ने बसहरु मुख्य सडकमै पार्किङ्ग गर्ने गरेका हुन् ।

बसपार्क सञ्चालन नहुदाँ सडकमै जताततै सबारी साधन पार्किङ्ग हुने गरेकाले सबारी साधनको आवागमनमा समस्या हुनुको साथै दुर्घटना समेत हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाका प्रमुख प्रहरी निरीक्षक मिलन बस्नेत बताउनुहुन्छ ।

लहान नगरपालिकाले स्थानीय नीजि कम्पनि लहान ट्रान्स्पोर्ट टर्मिनल म्यानेजमेन्ट कम्पनिलाई गत २०६१ सालमा बसपार्क सुचारु गर्न सम्झौता गरेको थियो । तर २०६२-६३ को जनआन्दोलन पश्चात तत्कालीन पदाधिकारीहरु हटेपछि सो निर्माण कार्य पनि बन्द भएको थियो ।

कुल ७ करोडको लागतमा बसपार्क सम्म जाने ग्राभेल सडक, काउण्टर, पसलहरु सञ्चालन गर्ने सटरहरु, शौचालय तथा प्रहरी बिट निर्माण भईसकेको निर्माण कम्पनिले जनाएको छ । लहानस्थित सप्तऋषि नर्सिङ्ग होमदेखि १०० मिटर दक्षिणमा करिब ३ विगाहा क्षेत्रफलमा निर्माण भएको बसपार्कबाट बस सञ्चालन गर्न पटक पटक पहल भएपनि बस व्यवसायीको दबाबमा अझै बस सञ्चालन नहुदाँ निर्माण भएका भौतिक पुर्वाधारहरु प्रयोगबिहीन भएको छ ।

निर्माण शुरु गरेको दुई वर्षभित्रै जग्गा खरीद गरेर सडक र बसपार्कमा भौतिक पुर्वाधारहरु निर्माण गरिसकेका छौं कम्पनिका सञ्चालक समितिका सदस्य विनोद साहले भन्नुभयो–‘‘ बसपार्क निर्माण भएपछि केही बर्षअघि ४-५ महिना जति बसपार्कबाट बसहरु सञ्चालन भएको थियो, तर त्यसपछि बस व्यवसायीहरुको दबाबमा बन्द भएको हो ।” नगरपालिका र आफुहरुबीच ३५ वर्षका लागि बसपार्क सञ्चालन गर्ने सम्झौता भएकाले यही बसपार्कबाट बस सञ्चालन गर्न नगरपालिकाका जनप्रतिनिधिहरुसँग पटक पटक आग्रह गरेको सञ्चालक समिति सदस्य साहको कथन छ ।

आफुहरुसँगको छलफलका क्रममा नगरपालिकाका प्रमुख मुनी साहले बसपार्कबाट बस सञ्चालन गर्न पहल र प्रयत्न गरिने प्रतिबद्धता जनाएको साह बताउनुहुन्छ । बसपार्कमा करिब ६०० सबारी साधन पार्किङ्ग गर्न सक्ने क्षमता रहेको कम्पनिको दाबी छ । यता लहान नगरपालिकाका प्रमुख मुनी साहले उक्त बसपार्क सञ्चालन के कारण हुन नसकेको बारे आफुलाई खासै जानकारी नभएको बताउनुहुन्छ । उहाँले भन्नुभयो–‘‘ बसपार्कबाट बसहरु सञ्चालन हुनुपर्दथ्यो, तर किन सञ्चालन नभएको हो त्यसबारे बुझेको छैन् अब बुझ्छु ।” उक्त बसपार्क लामो समयसम्म पनि सञ्चालन नभएपछि लहान नगरपालिका १ स्थित सिङ्गराहीमा नगरपालिकाले नयाँ बसपार्क निर्माण थालेको लहान नगरपालिकाका इन्जिनियर तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत सत्रुधन चौधरीले जानकारी दिनुभयो ।


सिरहा स्थानियको कुटपिटबाट सैनिक जवानको मृत्यु

MhHDvTKwRAg सिरहा,जेठ ३ गते । स्थानियको कुटपिटबाट सैनिक जवानको मृत्यु भएको छ । बरियारपट्टी गाउँपालिका वडा नं.४ सो

नेपाल टाईम्सले संघीय राजधानीमा

विराटनगर, जेठ २ गते । नेपाल टाईम्स मिडिया प्रालि. द्धारा सञ्चालित प्रदेश नं. १ को पहिलो अनलाइन टेलिभिजनका र

नातेदारलाई जागिर दिएको बिरुद्धमा त्रिवि सेवा आयोग कार्यालयमा तोडफोड संगै तालाबन्दी

काठमाडौँ, वैशाख ३० गते । त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित सेवा आयोगको कार्यालयमा आइतबार दिउँस

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२