मिथिलामा १५ दिन मध्यमा परिक्रमा आजदेखि सुरु

  • शम्भु पण्डित
  • प्रकाशित मिति: फाल्गुन 22, 2075
  • 55 पटक पढिएको

जनकपुर,फागुन २२ गते । मिथिलाको कुम्भ मेला मध्यमा परिक्रमा आजदेखि सुभारम्भ हुने भएको छ । १५ दिवसीय मध्यमा परिक्रमाको लागि कचुरीबाट मिथिला बिहारीको डोला बुधबार बिहान जनकपुर उपमहानगरपालिका वडा न १२ स्थित हनुमानगढीको लागि प्रस्थान गर्नेछ । मिथिला बिहारी नगरपालिका वडा नं ८ स्थित मिथिला बिहारी मठबाट डोला उठेपछि १५ दिवसीय मध्यमा परिक्रमाको सुभारम्भ हुनेछ । मिथिला बिहारीको डोला हनुमानगढीबाट बिहीबार बिहान भारतको कल्याणेश्वरको लागि प्रस्थान गर्ने छ । कल्याणेश्वरबाट शुक्रबार भारतको फुलहर (गिरिजास्थान) हुँदै शनिबार मिथिला बिहारीको डोला महोत्तरीको मटिहानी आइपुग्ने छ । मटिहानीबाट आइतबार जलेश्वर, सोमबार मडै, मंगलबार ध्रुवकुण्ड र बुधबार महोत्तरीको अन्तिम बासस्थान कंचनवन आइपुग्ने छ । आउँदो बिहीबार मिथिला मध्यमा परिक्रमा धनुषा प्रवेश गर्नेछ । धनुषाको पर्वतापछि शुक्रबार धनुषाधाम परिक्रमायात्री आइपुग्नेछ । धनुषाधामबाट शनिबार परिक्रमा सतोषर प्रस्थान गर्ने छ । सतोषरबाट आइतबार परिक्रयाको लस्कर औरहीको लागि प्रस्थान गर्ने छ । औरहीबाट सोमबार भारतको करुणा बास बसेर मंगलबार बिसौलमा बास बस्ने छ । बुधबार परिक्रमा जनकपुरधाम आइपुग्ने छ । बिहीबार अन्तगृह परिक्रमा गरेर १५ दिवसीय परिक्रमाको समापन हुनेछ । बिहीबार परिक्रमाको समापन भएपछि शुक्रबार मिथिलामा होली पर्व मनाउने छ ।


सिके राउतको पार्टीको नाम जनमत पार्टी राख्ने

सिरहा,चैत्र४ गते । सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको लहानमा सम्पन्न बैठकले पार्टीको नाम ‘जन

हरुवा चरुवा लक्षित योजना बनाउने जनप्रतिनिधिहरुको प्रतिबद्धता

राजविराज, चैत्र ३गते। हरवा चरवाहरुलाई लक्षित गरि योजना बनाउने सप्तरीको शम्भुनाथ नगरपालिकाका जनप्रतिनिध

घर जलेर बन्यो खरानि,दमकलमा पानी छैन

सिराहा,चैत ०३ गते ।सिराहाको बिष्णुपुर गाउँपालिका वडा नम्बर ३ मा आगलागि हुदा ३ घर जलेर नस्ट भएका छन । आगलाग

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२