अश्लिन भोजपुरी गित रौतहटमा प्रतिबन्ध

  • अमित ठाकुर
  • प्रकाशित मिति: फाल्गुन 17, 2075
  • 58 पटक पढिएको

रौतहट,फागुन १७गते।जिल्लाको विभिन्न ठाउँमा दाहोरो अर्थ लाग्ने भोजपुरी गित अहिले धेरै बजिरहेका छन। दोहोरो अर्थ लाग्ने भोजपुरी गित बज्दा समाज तथा स-साना बालबालिकाहरुमा धेरै नकारात्मक असर परिरहेको छ। अश्लिन भोजपुरी गित रौतहटमा प्रतिबन्ध लगाउन पत्रकार चंचल झा सहितको पत्रकार टोलीले लगभग १ बर्ष देखि छुट्टै अभियान चालेका थिए ।

अश्लिन भोजपुरी गित सार्वजनिक रुपले डिजे साउण्डमा बजाउँदा समाजमा नकारात्मक असर पर्नका साथ-साथै हत्या हिंसा बलत्कार जस्ता घटनाहरु घट्ने सम्भावना रहन्छ ।यस्ता अश्लिन भोजपुरी गित सार्वजनिक रुपमा नबजाउनका लागि रौतहटमा ३-४ जना प्रहरी उपरीक्षक र २-३ जना प्रमुख जिल्ला अधिकारी सरुवा भएर आए लगत्तै हामीहरुले बन्द गराउनका लागि पत्रचार गरेका थियौ।

तर पछि केही सुधार भएन र उनीहरु रौतहटबाट सरुवा भएर गए। तर ५ दिन पहिला सरुवा भएर आएका रौतहट जिल्लाका नयाँ प्रहरी उपरीक्षक भुपेन्द्र बहादुर खत्रीले आज पत्रकार भेटघाटमा अब देखि रौतहटमा दुई अर्थ लाग्ने भोजपुरी गित सार्वजनिक रुपमा नबज्ने उद्दघोष गरेका छन ।

अब देखि बज्यो र हामी समक्ष सुचना आयो भने डिजे साउण्ड र बजाउने ब्यक्तिलाई तुरुन्तै कानुनी दायरामा ल्याउने उनले बताए । प्रहरीको सहयोग निशुल्क हुन्छन हामी निशुल्क सेवा दिनेछौं । रौतहटमा धेरै जसो अमानवीय घटना, बलत्कार,हत्या,चोरी, जातीय द्वन्द , केटी दिस्क्याउने जस्ता घटना घट्ने गरेको सुनिरहेको छु।

अब देखि यस्ता घट्ना घटाउने र गर्नेलाई कानुन बमोजिम कार्वाही गर्ने उनले प्रतिबद्धता जाहेर गरका छन । प्रहरीले कुनै पनि काम गर्दा यहाँ संचारकर्मीका साथ साथै स्थानीयबासिन्दालाई पनि सहयोग गर्न उनले अनुरोध गरेका छन।


सिरहा स्थानियको कुटपिटबाट सैनिक जवानको मृत्यु

MhHDvTKwRAg सिरहा,जेठ ३ गते । स्थानियको कुटपिटबाट सैनिक जवानको मृत्यु भएको छ । बरियारपट्टी गाउँपालिका वडा नं.४ सो

नेपाल टाईम्सले संघीय राजधानीमा

विराटनगर, जेठ २ गते । नेपाल टाईम्स मिडिया प्रालि. द्धारा सञ्चालित प्रदेश नं. १ को पहिलो अनलाइन टेलिभिजनका र

नातेदारलाई जागिर दिएको बिरुद्धमा त्रिवि सेवा आयोग कार्यालयमा तोडफोड संगै तालाबन्दी

काठमाडौँ, वैशाख ३० गते । त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित सेवा आयोगको कार्यालयमा आइतबार दिउँस

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२