सहिद हेम नारायण यादब गोल्डकप फुटवल फाइलन खेलमा विरगंज विजय

  • पूर्वाञ्चल सम्वाददाता
  • प्रकाशित मिति: फाल्गुन 14, 2075
  • 16 पटक पढिएको

सिरहा,फाल्गुन १४ गते ।सहिद हेम नारायण गोल्डकप फुटवल प्रतियोगिता २०७५ को फाइनल खेलमा भारत विहार बक्सरलाई हराउँदै विरगंज नेपाल विजय भएको छ । खेलको निर्धारित समयमा दुवै टिमबाट कुनै गोल गर्न नसकेपछि खेलको समय १४ मिनेट थप गरिएको थियो ।

थप गरेको समयमा पनि कुनै गोल हुन नसकेपछि खेलको फाइनलमा पुगाउन पलाइनटिमा निर्णयक खेल गराएको थियो । पलाइनटीबाट विरगंजले ३–० गोल गरेको थियो भने बिहार बक्सरले १–० गोल मात्र गर्न सकेको थियो । खेलको फाइनल विजयता नेपालको विरगंजलाई घोषणा गरियो । प्रतियोगिताको विजय प्रथम टिम विरगंजलाई १ लाख १ हजार १ सय ११ रुपैयाँ रकम र ट्फि पुरस्कार प्रदान गरियो भने दोस्रो टिम बिहार बक्सरलाई ५१ हजार १ सय ५१ रुपैयाँ र ट्फि प्रदान गरियो । त्यसैगरी वेस्ट गोलकिपर र वेस्ट खेलाडी पुरस्कार विरगंज टिमलाई प्रदान गरियो । खेलको म्यानवदी म्याच पुरस्कार बिहार बक्सरलाई प्रदान गरियो ।

सम्पूर्ण खेलको सब भन्दा बढि गोलकर्ता पुरस्कार सिरहा सल्लहेश टिमको खेलाडी टंक लामालाइ प्रदान गरियो । फाईनल खेलको प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा रहनु भएको थियो भने विशिष्ट अतिथिहरुमा सिरहा क्षेत्र न. ३ को सभासद लिलानाथ श्रेष्ठ ,प्रदेश न. २ को साभाषद प्रमोद यादब, जिल्ला अधिकारी रुद्र पंडित, जिल्ला प्रहरी प्रमुख जिवन श्रेष्ठ, खेलकुद परिषद प्रदेश न.२ को अधयक्ष मानदेव हजरा र सहिद हेम नारायण यादबको पुत्र डा.नविन यादब रहुन भएको थियो । सिरहा सदरमुकममा सात दिन देखि चलिरहेको फुटवल खेलमा जम्मा आठ वटा टिमका सहभागिता रहेको थियो ।


सिके राउतको पार्टीको नाम जनमत पार्टी राख्ने

सिरहा,चैत्र४ गते । सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको लहानमा सम्पन्न बैठकले पार्टीको नाम ‘जन

हरुवा चरुवा लक्षित योजना बनाउने जनप्रतिनिधिहरुको प्रतिबद्धता

राजविराज, चैत्र ३गते। हरवा चरवाहरुलाई लक्षित गरि योजना बनाउने सप्तरीको शम्भुनाथ नगरपालिकाका जनप्रतिनिध

घर जलेर बन्यो खरानि,दमकलमा पानी छैन

सिराहा,चैत ०३ गते ।सिराहाको बिष्णुपुर गाउँपालिका वडा नम्बर ३ मा आगलागि हुदा ३ घर जलेर नस्ट भएका छन । आगलाग

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२