स्वास्थ्य शिबिरमा ५०० बिरामीको स्वास्थ्य जाँच

  • न्यूज डेस्क
  • प्रकाशित मिति: फाल्गुन 7, 2075
  • 37 पटक पढिएको

लहान,फागुन ७ गते। सिरहा नगरपालिका ५ मानपुरमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा ५०० भन्दा बढीले स्वास्थ्य जाँच गराएका छन् । आधारभूत विद्यालय मानपुरको प्राङ्गनमा सम्पन्न स्वास्थ्य शिविरमा २२५ पुरुष र ३३४ महिला गरि ५५९ जनाले स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श लिएका छन् । शिविरमा मधुमेह, उच्च रक्तचाप, बालरोग, कान, नाक, दाँत, हाडजोर्नी तथा नशा रोग, स्त्रीरोग, छाला तथा यौन रोग लगायतका रोगबाट पीडित बिरामीहरुलाई जाँच तथा परामर्श दिनुको साथै इसिजी, मधुमेह जाँचगर्नुको साथै निःशुल्क रुपमा औषधी समेत वितरण गरिएको छ । सिरहा नगरपालिका, जिल्ला स्वास्थ्य कार्यालय सिरहा र मानपुर स्वास्थ्य चौकीको संयुक्त आयोजनामा सम्पन्न उक्त शिविरमा सिरहा नगरपालिकाका उपप्रमुख तथा स्त्रीरोग बिशेषज्ञ डा. नमिता यादव, कोशी अञ्चल अस्पतालका डा. बिनोद कुमार यादव, जिल्ला स्वास्थ्य कार्यालय सिरहाका डा. दिलिप सदा, मानपुर स्वास्थ्य चौकीका राम एकवाल मण्डल, सिरहा नगरपालिकाका स्वास्थ्य संयोजक बिन्देश्वर यादव लगायतका चिकित्सकहरुले बिरामीहरुको निःशुल्क स्वास्थ्य जाँच गर्नुभएको सिरहा नगरपालिकाका लेखापाल सुनिल यादवले जानकारी दिनुभयो ।


सिके राउतको पार्टीको नाम जनमत पार्टी राख्ने

सिरहा,चैत्र४ गते । सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको लहानमा सम्पन्न बैठकले पार्टीको नाम ‘जन

हरुवा चरुवा लक्षित योजना बनाउने जनप्रतिनिधिहरुको प्रतिबद्धता

राजविराज, चैत्र ३गते। हरवा चरवाहरुलाई लक्षित गरि योजना बनाउने सप्तरीको शम्भुनाथ नगरपालिकाका जनप्रतिनिध

घर जलेर बन्यो खरानि,दमकलमा पानी छैन

सिराहा,चैत ०३ गते ।सिराहाको बिष्णुपुर गाउँपालिका वडा नम्बर ३ मा आगलागि हुदा ३ घर जलेर नस्ट भएका छन । आगलाग

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२